१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महसुल नतिर्ने २७१ ग्राहक कालोसूचीमा

अ+ अ-

भरतपुर । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् महसुल नतिर्ने २७१ ग्राहकलाई कालोसूचीमा राखेको हो । लाइन काटेको छ महिनाभित्र महसुल नतिरेका ग्राहकलाई कार्यालयले कालोसूचीमा राखेको जनाएको छ ।

कालोसूचीमा पर्नेमा साना घरेलु उद्योग र गृहस्थ ग्राहक रहेका छन् । तीमध्ये नारायणी पोलेथिन प्लाष्टिक उद्योगले सबैभन्दा बढी रकम तिर्न बाँकी रहेको केन्द्रका कम्प्युटर सहायक खेमबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार सो उद्योगले रु तीन लाख विद्युत् रकम तिर्न बाँकी छ । यस्तै, साना उद्योगहरुमा खाद्य मिल, कुखुरा फार्मको बढी बक्यौता रकम छ ।

प्राधिकरणले कालोसूचीमा रहेकाबाट रु ७८ लाख ९५ हजार ६७८ रकम उठाउन बाँकी छ । चालू आर्थिक वर्षमा कालोसूचीमा परेका चार ग्राहकबाट रु तीन लाख ५८ हजार १२० सङ्कलन गरेको गुरुङले जानकारी दिए । गत आवमा २७५ ग्राहक कालोसूचीमा थिए । प्राधिकरणको नियमावलीअनुसार ६० दिनसम्म पैसा नतिरेका ग्राहकको लाइन काट्ने उल्लेख छ ।

“विद्युत रिडिङ गरेको ४० दिनसम्म महसुल नतिरे २५ प्रतिशत जरिवाना लाग्ने गर्दछ । ६० दिनसम्म नतिरेमा लाइन काट्ने नियममा उल्लेख छ”, उनले भने, “हामीले सकेसम्म ग्राहकबाट पैसा उठाउने भनेर कालोसूचीमा राखेका छैनौँ ।” अहिलेसम्म रु १९ करोड ८३ लाख १७ हजार विद्युत् महसुल उठाउन बाँकी रहेको गुरुङले बताए ।

यस्तै कार्यालयले चालू आवमा समयमा विद्युत् महसुल नतिर्ने ६०८ ग्राहकको लाइन काटेको छ । लाइन काटेकाबाट कार्यालयले रु ९२ लाख ९६ हजार ३८१ राजश्व सङ्कलन गरेको छ । चालू आवको चार महिनामा कार्यालयले रु ७९ करोड ३४ लाख ८९ हजार राजश्व सङ्कलन गरेको हो ।

कार्यालयले घरेलु बत्तीको विद्युत् महसुुल सबैभन्दा धेरै उठाउन बाँकी छ । घरेलु ग्राहकको रु आठ करोड २९ लाख ५५ हजार ४९७ बक्यौता देखिएको छ । उद्योगबाट रु दुई करोड ४९ लाख २० हजार ५८७, सडक बत्तीबाट रु दुई करोड ४० लाख ६७ हजार १५२, सिँचाइको रु एक करोड ४८ लाख ४८ हजार ८५४ विद्युत् महसुल बक्यौता रहेको कार्यालयले जानकारी दिएको छ ।

व्यापारिक प्रयोजनबाट रु एक करोड ७२ लाख २७ हजार, गैरव्यापारीबाट रु एक करोड १८ लाख ६१ हजार ३००, गैरसिँचाइबाट रु ७४ लाख २० हजार, विभिन्न मन्दिरको रु १४ लाख २९ हजार रकम उठ्न बाँकी छ । भरतपुर वितरण केन्द्रमा ८८ हजार ३७ ग्राहक छन् । कात्तिक महिनादेखि भरतपुर वितरण केन्द्रका पाँच हजार ८१५ ग्राहक चनौली वितरण केन्द्रमा गएका छन् ।

प्रतिक्रिया दिनुहोस