काठमाडौँ । भूमि सुधार तथा मालपोत कार्यालय इनरुवाका प्रमुख मालपोत अधिकृत ध्रुव प्रसाद कोइरालाले आफूमाथि दुर्व्यवहार भएको भन्दै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।
प्रमुख मालपोत अधिकृत कोइरालाले कार्यालय समय सकिएर घर फर्किँदै गर्दा लेखापढी सङ्घका उपाध्यक्ष जिव्राइल अन्सारीले बाटोमा रोकेर दुर्व्यवहार गरेको बताएका छन् ।
अन्दाजी ४ बजेको समयमा कार्यालयको स्कुटर को १ ब २२०६ मा चढी निवास तर्फ फर्कँदै गर्दा लेखापढी सङ्घको उपाध्यक्ष जिव्राइल अन्सारी कार्यालयका प्रमुख मालपोत अधिकृत ध्रुव प्रसाद कोइरालालाई स्कुटी रोकी दुर्व्यवहार गरेको हुँदा राष्ट्रसेवक कर्मचारीलाई दुर्व्यवहार गर्ने तथा सरकारी साधन रोक्ने दुस्साहस गर्ने निज अन्सारीलाई प्रचलित कानुन बमोजिम कारबाही गरी पाउन अनुरोध छ, कोइरालाद्वारा जिल्ला प्रशासन कार्यालय इनरुवामा दिएको निवेदनमा भनिएको छ ।