७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्धिका लागि उत्पादनसँग जोडिनु अपरिहार्य : मुख्यमन्त्री गुरुङ

अ+ अ-

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्धिका लागि उत्पादनसँग जोडिनु अपरिहार्य हुने बताएका छन् । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आजदेखि पोखरा–२७ डाँडाको नाकमा शुरु १६औँ लेखनाथ महोत्सवको उद्घाटन कार्यक्रममा उनले उत्पादनमा जोड नदिँदासम्म आयआर्जन बढाउन नसकिने बताए ।

देशको समृद्धि र विकासका लागि उपयुक्त वातावरण निर्माण भएको बताउँदै उनले पछिल्ला समयमा उद्योग तथा व्यापारको वातावरण बढिरहेको उल्लेख गरे । नेपालीको पिँढीमा स्थानीय सरकारका साथै आँगनमा प्रदेश सरकार रहेको उल्लेख गर्दै उनले जनताले अपेक्षा गरेअनुसारको समृद्धि र विकासको चाहना पूरा गर्नु वर्तमानको आवश्यकता भएको बताए ।

गरिबीको रेखामुनि रहेका जनतालाई माथि उकास्दै शिक्षा, स्वास्थ्य, खानेपानीलगायत उनीहरूका आधारभूत आवश्यकतालाई पूरा गराउने लक्ष्यका साथ सरकार लागि परेको उनले बताए । लेखनाथ महोत्सव नेपालकै ठूलो महोत्सवका रूपमा अघि बढेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले यसले राष्ट्रिय एकता र सामाजिक सद्भावको सन्देश दिएको उल्लेख गरे।

सांसद खगराज अधिकारीले उत्पादनमा जोड दिँदै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न उद्योगधन्दा कलकारखनाको विकास तथा विस्तारमा लाग्नुपर्ने बताए । पूर्वमन्त्री यज्ञबहादुर थापाले लेखनाथ महोत्सवका माध्यमबाट यस क्षेत्रका सर्वसाधारणले देखाएको एकता, सद्भाव यहाँको समग्र विकासका लागि पनि प्रेरक बन्ने विश्वास व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले देशमा उद्योग धन्दाको विकासका माध्यमबाट आर्थिक समृद्धिका साथै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताए । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नाराका साथ आजदेखि पुस १५ गतेसम्म महोत्सव गर्न लागिएको जानकारी दिए ।

औद्योगिक उत्पादन तथा हस्तकलाका सामानको बजार प्रवद्र्धन, सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण गर्ने मुख्य उद्देश्यका साथ महोत्सव आयोजना गरिएको उनले बताए । कार्यक्रममा गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति दीपक कोइराला, प्रदेशसभा सदस्य विन्दु थापा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दिलसुन्दर श्रेष्ठलगायतले महोत्सवको शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा विभिन्न आमा समूह, टोल विकास संस्थाका साथै विभिन्न जातजाति सम्बद्ध झाँकी प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस