२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रमण वर्षलाई राष्ट्रिय महोत्सवका रुपमा मनाऔँ : मन्त्री भट्टराई

अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई राष्ट्रिय महोत्सवका रुपमा मनाउन सरोकारवाला निकायलाई अनुरोध गरेका छन् ।

भ्रमण वर्षको पूर्वतयारीका सन्दर्भमा आज शैक्षिक क्षेत्रका संस्थाहरुसँगको छलफलमा उनले भ्रमण वर्ष सबैको साझा अभियान भएकाले यसलाई देशकै महोत्सवका रुपमा मनाउन सहकार्य र समन्वयात्मक ढङ्गले अघि बढाउन जरुरी भएको उल्लेख गरे ।

उनले सन् २०२० लाई आधार मानेर नेपालको पर्यटनको एक दशकका रुपमा लिएर पर्यटन प्रवर्द्धनका साथै पर्यटकीय पूर्वाधारको कामलाई विशेष प्राथमिकताका साथअघि बढाइने उल्लेख गरे।

मन्त्री भट्टराईले शैक्षिक क्षेत्रमा आबद्ध संस्थाको अन्तरराष्ट्रिय सम्पर्क सञ्जाल व्यापक रहेको हुनाले भ्रमण वर्षका गतिविधि र सम्बन्धित सामग्रीको प्रभावकारी प्रयोग गर्न आग्रह गरे । उनले विद्यालय तथा शैक्षिक संस्थामा भ्रमण वर्षको लोगो तथा ब्यानरले सजाएर वातावरण सिर्जना गर्न पनि आह्वान गरे ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा प्रभावकारी बनाउन शैक्षिक क्षेत्रको महत्वपूर्ण भूमिका हुने भन्दै भ्रमण वर्षकै दौरानमा सफाइ सचेतना अभियान पनि सञ्चालन गर्न शैक्षिक संस्थाहरुलाई आग्रह गरे ।

मन्त्रालय, भ्रमण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान), निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), नेपाल शिक्षक महासंघ, शैक्षिक परामर्श संघलगायतका प्रमुख एवं प्रतिनिधिको उपस्थिति थियो ।

उपस्थित संस्थाका प्रतिनिधिले भ्रमण वर्षलाई राज्यले विशेष पर्वका रुपमा मनाइरहँदा उक्त महत्वपूर्ण कार्यक्रमा सहयोगात्मक भूमिका निर्वाह गर्न पाउँदा शैक्षिक संस्थाले ठूलो जिम्मेवारी महसुस गरेको भन्दै भ्रमण वर्षलाई सफल बनाउन हर तबरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले भ्रमण वर्षमा पाहुनाको आतिथ्य सत्कारदेखि सरसफाइलगायत काममा पनि शैक्षिक संस्थाको सहयोग रहने भन्दै हवाई तथा सडक यातायातलाई व्यस्थित बनाइनुपर्नेमा जोड दिए । प्याब्सनका उपाध्यक्ष गोपाल आचार्यले भ्रमण वर्ष अभियानलाई सफल बनाउन शैक्षिक संस्थालाई प्रभावकारी रुपमा परिचालन गरिने बताए ।रासस