काठमाडौं । नेपाली बजारमा सुन-चाँदीको मूल्य बढ्ने क्रम जारी छ।
बुधबार सुन तोलामा ६ सयले बढेर ७२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ।
तेजावीको सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुनको मूल्य ७२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ।
मंगलबार सुन तोलामा ३ सयले बढेर ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ।
आज चाँदी तोलाको ८८५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।







