८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै युवालाई उद्यमशील बनाउन कोष स्थापना गर्दैछौं : मुख्यमन्त्री राई

अ+ अ-

भद्रपुर । प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले आगामी दश वर्षभित्रमा प्रदेशका युवाहरुले रोजगारीका लागि अन्यत्र भौतारिन नपर्ने गरी प्रदेश सरकारले उद्यमशीलता विकासको गुरुयोजनासहित कोष स्थापना गर्ने बताएका छन् ।

मेची उद्योग वाणिज्य संघले झापाको धुलाबारीमा आयोजना गरेको तेस्रो अन्तराष्ट्रिय औद्यागिक, व्यापार तथा पर्यटन महोत्सवको आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेशबाट बेरोजगारी अन्त्य गर्न ‘मुख्यमन्त्री युवा उद्यमशील कार्यक्रम’ सञ्चालन गरिने जानकारी दिए । ‘बेरोजगारी अन्त्य गर्न दशवर्षे गुरुयोजना बनाइसकेका छौं’, उनले भने, ‘यसका लागि खडा गरिएको कोषको कार्यविधि केही दिनमा पारित भएपछि सार्वजनिक गर्नेछौं ।’

कोषका लागि प्रदेश सरकारले चालू बजेटमा रु २० करोड छुट्याइएको बताए । पैसा नहुने युवाले सोही कोषबाट रकम लिएर उद्यम गर्ने व्यवस्था मिलाइने उनले बताए।

निजी क्षेत्रसँग मिलेर आर्थिक विकासका गतिविधि सञ्चालन गर्ने प्रदेश सरकारको नीति रहेको उल्लेख गर्दै उनले प्रदेशका सबै विकास निर्माणका कार्य गुरुयोजनामार्फत अघि बढाइने बताए ।

आगामी दश वर्षभित्र ७ हजार २२६ किलोमिटर सडक निर्माण गर्ने लक्ष्यका साथ दशवर्षे प्रादेशिक सडक सञ्जाल गुरुयोजना सार्वजनिक भइसकेको र प्रदेशलाई मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने गरी पर्यटन गुरुयोजना यही वर्षभित्र निर्माण गरिने उनले जानकारी दिए ।

मेची उद्योग वाणिज्य संघले आजदेखि १७ गतेसम्म आयोजना गरेको अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको उद्घाटनमा हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको छ । मेचीनगरको हङकङ बजारको रुपमा चिनिएको धुलाबारीमा शुरु भएको महोत्सवमा नेपाल, भारत र बङ्गलादेशका २०० वटा कक्ष रहेको महोत्सव मूलआयोजक समितिका संयोजक भूमि पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस