२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई स्थानीय तहका प्रमुखले गरे संयुक्त शिलान्यास

अ+ अ-

डोटी । डोटीको शिखर नगरपालिका र डडेलधुराको गन्यापधुरा गाउँपालिकाको प्रमुख धार्मिक एवं पर्यटकीय क्षेत्रको रूपमा रहेको फलाकाफलाकी शिखरलाई सडक सञ्जालसँग जोड्न दुवै स्थानीय तहका प्रमुखले सडकको संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

शिखर नगरपालिकाको काफल शिखर सडक र गन्यापधुरा गाउँपालिकाको गन्या शिखर सडकको दुवै स्थानियतहले ५.५ लाख रुपैयाँ विनियोजन गरी काम सुरु गर्ने गरी गन्यापधुरा गाउँपालिका वडा नम्बर ५ मा एक कार्यक्रमका बिच सडकको शिखर नगरपालिकाका प्रमुख सिताराम जोशी र गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नबल बहादुर मल्लले संयुक्त रूपमा उद्घाटन गरेका हुन ।

कार्यक्रममा शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले हामीले शिखरको विकासको लागि अनुसन्धान अगाडी बढाउनुका साथै पवित्र स्थल सेती नदीको ढिपी आर गरिसकेका छौ । यसका लागि हामी वरिपरिका स्थानीय तह मिलेर जानू पर्ने बताए ।

उनले भने ‘हाम्रा यी धार्मिक स्थलको महत्त्व आफैमा गौरव लाग्ने छ, हामीले काफल शिखर र गन्या शिखरलाई बाटो निर्माण गर्न सके भौगोलिक रूपमा जोडिने छ, हाम्रा बाटाहरू अब धनगढी जोडिने बाटो सम्म जोडिने छन् । विकासका लागि सबै मिलेर अगाडी बढे दुवै गाउँपालिका धार्मिक एवं पर्यटकीय दृष्टिकोणले धनी हुने बताए ।

त्यसै गरी गन्यापधुरा गाउँपालिकाका प्रमुख नबल बहादुर मल्लले दुवै स्थानीय तहको धार्मिक महत्त्वको स्थलको रूपमा रहेको शिखरको विकासका लागि पूर्ण सहयोग रहने बताए । उनले भने ‘हामीले धार्मिक तथा पर्यटकीय हिसाबले गुरु योजना बनाउन खोजेका छौ । हामी धार्मिक , पर्यटन र भौगोलिकका साथै मितेरीका हिसाबले अगाडी बढाउनुका साथै साझा क्षेत्रको विकासमा दुवै स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने पर्ने बताए ।

त्यसै गरी शिखर नगरपालिकाका उप प्रमुख धरौली देवी रावल गन्यानधुरा गाउँपालिकाका उपाध्यक्ष कमला देवी ठगुन्ना शिखर नगरपालिका वडा अध्यक्षहरू, गन्यापधुरा गाउँपालिका वडा अध्यक्ष लगायत स्थानीयको सहभागिता रहेको थियो । गन्या शिखर धार्मिक हिसाबले निकै प्रख्यात ठाउँ हो ।