२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्पामा सवारी दुर्घटना बढ्दो

अ+ अ-

पाल्पा । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ का २५ वर्षीय सिद्धान्त थापाको सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै सवारी दुर्घटनामा मृत्यु भयो । पाल्पा तिनाउ गाउँपालिका–३ डयाम साइटमा लु१९प २८०३ नंको स्कुटीले लु२ख १७६३ नंको टिप्परलाई ‘ओभरटेक’ गर्दा ठोक्किन पुग्यो । दुवै यातायातका साधन पाल्पाबाट बुटबलतर्फ जाँदा भएको दुर्घटनामा थापा गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल बुटबल उपचारार्थ लगियो । थापाको मृत्यु भइसकेको अस्पतालले घोषणा गर्‍यो ।

पाल्पामा सवारी दुर्घटनाबाट मृत्यु हुने क्रम रोकिएको छैन । सवारी दुर्घटनामा अकालमा ज्यान गुमाउनेमा थापामात्र एक्ला होइनन् । चालु आवको ५ महिनामा १० जनाको मृत्युको कारण सवारी दुर्घटना हो जिल्लाका मुख्य तथा सहायक सडकमा साना ठूला १०७ दुर्घटना भइसकेको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख पृथ्वीकुमार काफ्ले बताए । दुर्घटनामा ७१ गम्भीर र १७४ सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरीले सडकमै सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि दुर्घटना रोकिएको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख दीपेन्द जिसीले चालकका कारण ७० प्रतिशत दुर्घटना हुने बताए । मोबाइल प्रयोग गरी सवारीसाधन चलाउने र मदिरा सेवन गरी सवारी चलाउँदा दुर्घटना बढेका हुन् ।

सडक, पैदल यात्रु, पशुपन्छी लगायतका कारण ३० प्रतिशत सवारी दुर्घटनामा परी मानवीय क्षति हुँदै आएको छ । सडक मापदण्डअनुसार निर्माण हुन सकेको छैन । अधिकांश साँघुरा, खाल्डा सडकमा सवारी जोगाउन चालकले कोसिस गर्दा अर्को सवारीको ठक्करबाट दुर्घटना बढेको प्रहरीको दाबी छ । ट्राफिक नियमपालन नगर्दा दुर्घटना बढेको छ ।

सांसद सोमप्रसाद पाण्डेयले ट्राफिक जनचेतनाले मात्र सवारी दुर्घटनामा कमी नहुने र यसमा कमी ल्याउन सबै जिम्मेवार हुनुपर्ने बताए। सडक यात्रुदेखि, सवारीचालक, प्रहरीलगायत सबैको चासो र जिम्मेवारी बहन गर्न तयार भएमात्र सवारीसाधन दुर्घटना कमी ल्याउन सकिने तर्क पाण्डेयको छ ।

तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले सवारी दुर्घटना न्यूनीकरणमा सबैको चासो हुनुपर्ने बताए । कालोपत्रे सडकमा सवारीसाधन रोकिँदा समस्या बढेको शाहीको टिप्पणी छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सवारी दुर्घटनामा कमी ल्याउन सबै पक्ष जिम्मेवार हुन आवश्यक रहेको बताए । श्रीनगर यातायात कम्पनीका अध्यक्ष डिलबहादुर ढुङ्गानाले सडक व्यवस्थापन उचित रुपमा गर्नुपर्ने बताए ।

सवारी दुर्घटना न्यूनीकरणका लागि सप्ताहव्यापी ट्राफिक जनचेतनामूलक कार्यक्रम आइतबारदेखि पाल्पामा शुरु भएको छ । कार्यक्रम पुस १९ गतेसम्म चल्नेछ । सांसद पाण्डेयले सवारी न्यूनीकरणसम्बन्धी स्ट्रिकर सवारीसाधन टाँसेर अभियानको शुरुआत गरे ।

जनचेतनामूलक कार्यक्रम अवधिभर सडक पेटीबाट हिँडौँ, पेटी नभएको ठाउँमा सडकको दाहिने किनाराबाट हिँडौँ, सार्वजनिक यातायातमा यात्रा गर्दा आरक्षित सिटमा तोकिएको व्यक्तिलाई प्राथमिकता दिऔँ भन्ने जनचेतना फैलाउने जनाइएको छ ।