२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्जिनियर्स एशोसियसनद्वारा मन्त्री त्रिपाठीलाई स्मरण पत्र

अ+ अ-

काठमाडौँ । नेपाल ईन्जिनियर्स एसोसिएसन ३ नं. प्रदेश कार्यकारिणी समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई प्रस्तावित संघीय निजामती सेवा विधेयकबारे प्राविधिकहरूको व्यवस्थापनबारे स्मरण पत्र बुझाएको छ ।

एसोसिएसनका सभापति ई.नन्दलाल बन्जाडेको संयोजकत्वको टोलीले सोमबार मन्त्री त्रिपाठीलाई २०७५ फागुन २१ गते आयोजित प्रस्तावित संघीय निजामती सेवा विधेयकका सम्बन्धमा प्राविधिकहरूको व्यवस्थापन नामक अन्तरक्रिया कार्यक्रमबाट प्राप्त निचोड पुनः मन्त्री त्रिपाठीलाई स्मरण गराएको हो ।

एसोसिएसनले यसअघि नै उक्त निचोड तत्कालीन मन्त्री लालबाबु पण्डित र संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा बुझाएको थियो । मन्त्री त्रिपाठीले आफ्ना मागहरूलाई सकारात्मक रूपमा लिएको सभापति ई. नन्द बन्जाडेले बताएका छन् । ‘प्राविधिकहरूलाई मोटिभेट र सही व्यवस्थापन नगरी कुनै पनि देशको विकास र समृद्धि भएको छैन’ मन्त्रीको भनाइलाई उधृत गर्दै ई। बन्जाडेले भने, ‘पक्कै पनि मन्त्रीज्यूले हाम्रा जायज मागहरू सम्बोधन गर्नुहुनेछ भन्ने लागेको छ ।’

ज्ञापन पत्रमा प्रस्तावित संघीय निजामती सेवा विधेयकमा सुधार गर्नुपर्ने विभिन्न २० वटा बुँदाहरू समेटिएका छन् ।