२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकासमा युवा

अ+ अ-

युवा देशका बलिया खम्बा हुन । युवा आकाशकै चन्द्रमा जस्तो उज्यालो किरण दिन सक्ने क्षमता भएका असल कर्मयोगी र चमत्कारका केन्द्र बिन्दु मान्न सकिने औजार हुन । युवालाई परिचालन गर्न सकियो भने समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन सकिन्छ । यद्यपि जुनसुकै उमेरका मानिसलाई युवा मान्ने प्रवृत्तिले हाम्रो देशमा युवाको सम्मान हुन सकेको छैन ।

युवालाई अन्तर आत्मादेखि नै चिन्न जरुरी छ । युवामा धेरै जोस भरिएको हुनाले तिनको सही रूपमा सदुपयोग गर्न सक्नुपर्छ । युवा विकास, अवसर र चुनौती एक अर्काको परिपूरक मान्नुपर्छ । युवामा काम गर्ने शैली र गर्न सक्ने क्षमता हुन्छ । त्यसले युवालाई विकासमा खर्च गरिनुपर्छ । विकास शब्द रातारात उतार्दैमा विकास हुँदैन तर हाम्रो परिपाटी त्यस्तै छ । हामी कुरा २१औँ शताब्दीका प्रविधिका गर्छौ तर यही देशमा भएका युवाका विचार र कर्मलाई किन यति सहज रूपमा लिई रहेका छैनौ । किन युवाको मनोबलको कदर हुँदैन ? प्रविधि मैत्री मात्रै हैन अब देश विकासका निम्ति युवा मैत्री बनाउने अभियानमा लागौँ । अन्यथा हामी धेरै पछाडि पर्नेछौँ । युवालाई सही परिचालन गरी विकासका काममा तीव्र गतिमा बढाउन सकिन्छ । युवालाई कामको अवसर चाहिएको छ । यदि अवसर पाउने भए सरकारले चाहेको जस्तै विकास र समृद्धिको बाटो लम्कन सहज हुन्छ । कति विदेशी मुलुकमा सधैँ पसिना बगाउन आफ्नो घर र देशलाई छोडी मनहरू टुटाएर बस्न बाध्य बनाउँछौँ । आफ्नै देशमा श्रमको उचित मूल्य दिन सक्ने वातावरण बनाउन लागौँ ।

कति दिन रोइलो गर्ने हामी विभिन्न सीपको र शिक्षाको सधैँ सिरानी लगाएर सुत्न बाँधे किन बनाईदैछ । यदि आफ्नो देशमा नै उचित पारिश्रमिक दिएर आफ्नो शिक्षाको कदर हुन सक्दैन भने त्यस्तो शिक्षाको आवश्यकता हो कि बाध्यता हो ?एउटा काम गर्ने मनस्थिति भएको मान्छेले काम गर्छु भन्दा पनि कामको अवसर छैन । यहाँ काम पाउनका लागि कि त राजनीतिक दलको सदस्यता हुनुपर्छ वा उच्च पदमा बसेका मानिसका नातेदार नै हुनुपर्छ । यस्तो स्थिति कहिलेसम्म भोग्नु पर्ने हो ? कोही पनि नचिनेका सिधा र आफ्नो दैनिकी हलो, कोदालो हातमा लिएर फोका उठाएर काम गर्दै शिक्षा हासिल गरेकाले के सधैँ आफ्नो प्रमाणपत्र जलाउनुपर्ने हो । यस्ता बिड्म्वनाहरुले कैयौँ नेपालीको मन जली रहेका छन् । यस्ता बाधाअडचनलाई हामीले समयमा नै समाधान गर्न सक्यौ भने देशलाई उन्नतिको बाटोतर्फ अगाडि बढाउन सक्छौ ।

कम्तीमा पनि एउटा सामान्य परिवारलाई दाल, भात खानसम्म धान्न सक्ने मात्रै रोजगार दिने हो भने कैयौँ युवाले आफ्नो पसिना आफ्नै देशमा सिंचित गर्ने सक्छन् । यसतर्फ सरकार र सरोकारवालाले समयमानै ध्याना दिनु जरुरी छ । युवाको श्रमलाई पन्छाउदा वा नचिन्दा देशको यो हालत भएको छ । सरकार रोजगारीको अवसर छ भन्छ तर युवा बेरोजगारको मारमा छन् ।

रोजगारीका लागि हरेक दिन सयौँ युवा विदेशिने क्रम जारी छ । योग्यता र क्षमताका आधारमा काम देउ भनी भिखारी झैँ भिख माग्नु परेको अवस्था छ । रोजगारीको विकल्पको रुपमा देशमा एउटा लोक सेवा आयोग छ । यो सबै वर्ग, समुदाय र अहिलेका पिढीँको आकर्षणको केन्द्रविन्दुको बनेको छ । यद्यपी लोक सेवा मात्रै रोजगारीको विकल्प नवनोस् भन्ने आम युवाको आवाज हो । जुन विषयमा शिक्षा हासिल गरेको हुन्छ, त्यहीँ विषयमा रोजगारी दिलाउन सकियो भने युवालाई विदेशिनबाट रोक्न र देशभित्रै परिचालन गर्न सकिन्छ । सरकार र निजी क्षेत्रले युवाको योग्यता र क्षमतालाई हेरेर रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । यसो गर्न सके दक्ष, सीपयुक्त र शिक्षत युवा विदेशिने क्रम रोकिने थियो । हाल देशमा रोजगारीको अवस्था एकदमै चुनौतीपूर्ण बन्दै गएको छ । रोजगारी पाउन कठिनाइ सिर्जना भएको अवस्थामा विकासको सम्भावना अझ झनै कठिन बन्दै गएको छ । सीप, दक्षता र अनुभवका आधार पहिचान गरी युवाहरुलाई स्वदेशमा नै परिचालन गर्न सकियो भने विकासको मुहान युवाबाट नै भेटिन्छ ।