२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूमि व्यवस्थापनका कामलाई अगाडि बढाउँछु : मन्त्री गुरुङ

अ+ अ-

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले किसानलाई भूमिहीन हुन नदिन सरकारले जतिसक्दो चाँडो भूमि व्यवस्थापनको कामलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सामुदायिक आत्मनिर्भर सेवा केन्द्रद्वारा यहाँ आज आयोजित ‘किन ओझेलमा भूमि सुधार रु’ विषयक अन्तरक्रियामा मन्त्री गुरुङले महिला सशक्तिकरणको अभियानलाई सफल बनाउन पनि भूमि व्यवस्थापनको कामलाई अघि बढाउने योजना पनि अघि सारेका हन् ।

मन्त्री गुरुङले महिलालाई सामाजिक र राजनीतिक रुपमा अगाडि बढाउनका लागि सबैभन्दा आर्थिक रुपमा बलियो बनाउनुपर्ने बताउँदै त्यसका लागि सरकार योजनाबद्ध ढङ्गबाट अगाडि बढ्ने बताए । उनले महिलालाई उद्यमशीलतासँग जोडेर अघि बढाउन पनि उनीहरुको भूमिमाथिको पूर्ण स्वामित्वलाई स्थापित गरेर अघि बढ्नुको विकल्प छैन भने ।

मन्त्री गुरुङले सरकारी जग्गा भाडामा लिएर दुरुपयोग गर्ने अभियानलाई तत्काल रोक्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘सरकारले उपचार नपाएर समस्यामा परेका दुर्गम क्षेत्रका महिलाको उद्धारलाई तीव्रता दिएको छ र महिलासँग जोडिएका छाउपडी र अन्य समस्याको समाधान गर्नेतर्फ सरकार लाग्नेछ ।’ उनले ज्येष्ठ नागरिकको ज्ञान, सीप, अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले स्थानीय तहमा ‘ज्येष्ठ नागरिक ज्ञान हस्तान्तण केन्द्र’ गर्ने प्रावधानसहित ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ (पहिलो संशोधन) विधेयक, २०७५ जतिसक्दो चाँडो ल्याउने तयारी गरिएको समेत जानकारी दिए ।

राष्ट्रियसभाका सांसद रामनारायण बिँडारीले भूमिको उचित व्यवस्थापनका लागि भू–उपयोग नीति संशोधन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी संविधानसभाका सदस्य हरि रोकाले गरिखाने समुदायको पहुँच हुने गरी जमिनको व्यवस्थापन गर्नुपर्ने माग गरे ।