२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपाङ्गतामैत्री प्रदेश बनाउने : मुख्यमन्त्रीराई

अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा नवनिर्माण भएका भौतिक संरचना अपाङ्गतामैत्री भएको बताएका छन् । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको आज यहाँ शुभारम्भ गर्दै उनले अपाङ्गतामैत्री प्रदेश बनाउने अभियानमा सरकार लागेको जानकारी दिए।

उनले अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना गर्नुका साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकारका साथै उनीहरुको विकासका गरी स्वस्थ्य र समुन्नत प्रदेश निर्माण गरिने धारणा व्यक्त गरे । अपाङ्गता भएका व्यक्तिलाई सक्षम र सबल बनाउने कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गरिने उनले जानकारी दिए ।

प्रदेश नं–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अपाङ्ग भएर जन्मनुपर्ने कारण र कमजोरी पत्ता लगाएर अपाङ्गता बालबालिका जन्म हुन नदिने प्रयासमा प्रदेश सरकार लागेको बताए । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रदेश सरकारले शुरु गरेको यो अभियानमा महानगरपालिकाको सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

करुणा फाउण्डेसनका अध्यक्ष प्रा डा.भगवान कोइरालाले प्रदेश सरकारसँगको सहकार्यबाट अभियानले प्रदेशको ४९ प्रतिशत जनसङ्ख्यालाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा पुग्ने बताए । सामाजिक विकाश मन्त्रालय तथा स्थानीय तह र करुणा फाण्डेशनको त्रिपक्षीय साझेदारीमा शुरु गरिएको अभियानअन्तर्गत पहिलो चरणमा १३७ पालिकामध्ये २६ वटा पालिकामा लागू हुनेछ ।

पहिलो चरणमा मोरङ, सुनसरी, धनकुटा तथा पाँचथर जिल्लामा यो आगामी तीन वर्षसम्म सञ्चालन हुने छ । सोही अवसरमा ह्विलचियरमा विश्वयात्रा गर्नु हुने ओखलढुङ्गाका तेजबहादुर कार्कीलाई रु ५१ हजार नगदसहित सम्मान गरिएको थियो ।