२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांस्कृतिक पहिचान फैलाउन आवश्यक : मन्त्री बाँस्कोटा

अ+ अ-

बनेपा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सबै जाति, भाषा, धर्म र संस्कृतिको अन्तरघुलनबाट सांस्कृतिक पहिचानलाई फैलाउन आवश्यक रहेको बताएका छन् ।

नेपाल तामाङ घेदुङ पाँचखाल नगरपालिका–१ वडा समितिको आयोजनामा पाँचखाल नगरपालिका–१ अनैकोटमा आज भएको २८५६औँ जिवा सोनाम ल्होछारका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले मिश्रित बस्तीभित्र मिश्रित कुरा हुने भएकाले व्यापक अन्तरघुलनमा रहेको समाजलाई सम्मान गर्नुपर्ने बताए।

उनले देशव्यापी रुपमा रहेको विभिन्न जाति र समुदायको संस्कृतिलाई स्थापित गर्नुपर्ने र त्यसका लागि राजनीतिक बाटो खुलेको उल्लेख गरे । बुहजाति, बुहभाषिक भएको देशमा सबै जातिको पर्वलाई बिदा दिँदा १२५ दिन बिदा दिनुपर्ने अवस्था रहेकाले सबैलाई संघीय सरकारले बिदा दिन सम्भव नहुने मन्त्री बाँस्कोटाले बताए । त्यसका लागि स्थानीय सरकारले आफ्नो भाषिक र सांस्कृतिक बाहुल्यता भएको ठाउँमा बिदाको घोषणा गरेर धुमधामसँग मनाउने उल्लेख गर्दै समाधान भइसकेको कुरालाई कोट्याइरहन आवश्यक नभएको मन्त्री बाँस्कोटाले बताए ।

गणतान्त्रिक राज्य व्यवस्था स्थापित गरेर संविधानमा सुनिश्चित गरेको प्राप्त मौलिक र नागरिक अधिकार, जातीय, भाषिक र सांस्कृतिक तथा धार्मिक अधिकारहरुलाई समुदायले पनि उत्तिकै सम्मान गर्नुपर्ने बताउँदै मन्त्री बाँस्कोटाले त्यसको कार्यान्वयनको तहमा पनि कानूनी व्यवस्थासहितको व्यवस्थापन मिलाउने प्रक्रियामा सरकार क्रियाशील रहेको बताए।

राज्यले कुनै पनि भाषा, धर्म, संस्कतिलाई काखी नच्यापेको बताउँदै उनले संविधानको व्यवस्थाअनुसार राज्यले सबैलाई समान व्यवहार गर्नुका साथै समान अवसर र समान सुरक्षा दिइरहेको बताए । मन्त्री बाँस्कोटाले नेपालका विभिन्न भाषा, धर्म, जाति, संस्कृति सबै कुराको अन्तरघुलन, एकता, सम्मान, समृद्धि र सहयात्राको परिणामस्वरुप नेपाल राष्ट्र र नेपालको सिमाना तथा भौगोलिक अखण्डता र साझा सपनाको स्थापना गरिसकेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय समितिका सांस्कृतिक, भाषा तथा प्रशिक्षण विभाग प्रमुख काजीमान थिङले तामाङ समुदायले मनाउने पर्व ल्होछार तामाङको मात्रै नभएर सरकारको पनि भएकाले सबैको अपनत्व गर्न पाउने व्यवस्था स्थापना गर्नुपर्नेमा जोड दिए । पूर्वराज्यमन्त्री सूर्यमान दोङ, वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर तामाङलगायतले आ–आफ्नो धारणा व्यक्त गर्दै ल्होछारको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा अनैकोट आसपासका देवीटार, रविओपी, नयाँगाउँ, बालुवाबाटी देउपुर, पाँचखाल, बनेपा, धुलिखेललगायतका स्थानीय बासिन्दाको उपस्थितिमा सांस्कृतिक कार्यक्रमसहित ल्होछार मनाएका छन् । सो अवसरमा कलाकार, झाँक्री र ताम्बाले आफ्नो जातीय वेशभूषासहितको पहिरनमा नाच र गीत प्रस्तुत गरेका थिए ।रासस