८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसद् अवरुद्ध पार्नु लोकतान्त्रिक मान्यता विपरीत : प्रवक्ता श्रेष्ठ

अ+ अ-

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णयविरुद्ध नेपाली कांग्रेसले संसद् नै अवरुद्ध गर्नु लोकतान्त्रिक मान्यताविपरीत रहेको बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले अख्तियारले गर्ने निर्णयमा सरकारको कुनै हस्तक्षेप नहुने बताए ।

‘अख्तियारले के निर्णय गर्छ भन्ने कुरा सरकारले बताउने कुरा होइन’, प्रवक्ता श्रेष्ठले भने, ‘सरकारले निर्देशन दिएर अख्तियार चल्दैन भन्ने कुरा कांग्रेसले बुझ्नुपर्छ ।’ उनले ललिता निवास प्रकरणमा अख्तियारले गरेको निर्णयबिना कुनै पूर्वाग्रह गरेको होला भन्नेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।

प्रवक्ता श्रेष्ठले लोकतन्त्रका निम्ति तपस्या गर्ने र लोकतन्त्रका लागि संर्घष गर्ने नेपाली कांग्रेस जस्तो पार्टीले अख्तियार संवैधानिक निकाय हो भन्ने जान्दाजान्दै नजाने जस्तो गरेको आरोप लगाए । ‘सरकारले अख्तियारको काम कारवाहीमाथि दबाब दिनु हुँदैन भन्ने राम्रोसँग बुझेको छ’, उनले भने, ‘ललिता निवास प्रकरणमा अख्तियारले गरेको निर्णय उसको स्वतन्त्र निर्णय हो ।’

सो प्रकरणमा अख्तियारले अझै थप निष्कर्ष निकाल्नु छ भने निकालोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको उनले बताए । प्रवक्ता श्रेष्ठले कुनै पनि संवैधानिक निकायमाथि सरकारले कुनै खालको हस्तक्षेप नगर्ने उल्लेख गरे । कांग्रेसले अख्तियारको विरुद्ध आन्दोलन नभई थप अनुसन्धानमूलक बनाउन सघाउनुपर्नेमा उनले जोड दिए ।

अर्को फरक प्रसङ्गमा उनले देशैभरि सञ्चालित अवैधानिक क्रसरहरु बन्द गर्ने तयारीमा सरकार रहेको बताए । ‘क्रसरहरुले पैदा गरेको समस्याका विषयमा सरकारले अध्ययन गरिरहेको छ’, उनले भने, ‘अहिले गृहमन्त्रीको संयोजकत्वमा सम्बन्धित मन्त्रालयको समेतको प्रतिनिधित्व रहेको छानबिन समिति गठन गरेर काम भइरहेको छ ।’रासस

प्रतिक्रिया दिनुहोस