२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुवेतको ढुङ्गाखानीमा एक दर्जन बढी नेपाली पुरिएको आशंका, ६ जनाको शव निकालियो

अ+ अ-

काठमाडौं । कुवेतको एक ढुङ्गाखानीमा एक दर्जनभन्दा बढी नेपाली पुरिएको आशंका गरिएको छ । बम पड्काएर ढुङ्गा फुटाउने क्रममा कुवेतको मुतलामा भएको दुर्घटनामा दर्जन बढी नेपाली नागरिकको ज्यान गएको आशंका गरिएको अरब टाइम्सले जनाएकाृ छ ।

हालसम्म ५ जनाको शव निकालिएको छ भने खाडलमा पसेका १३ नेपाली र एक भारतीय नागरिक त्यहीँ पुरिएको बताइएको छ।

नेपाली श्रमिकहरु खाडलमै भएका बेला ढुङ्गा फुटाउन बम पड्काइएको र विस्फोटपछि ढुंगाको ठूलो थुप्रोले उनीहरुलाई पुरेको हो।

कुवेतले अहिलेसम्म सो दुर्घटनामा पर्ने कामदारहरुको संख्या सार्वजनिक गरेको छैन। खाडलमा पसेका मजदुरहरुको एकीन संख्या पनि बाहिर आएको छैन।

निर्माणस्थलमा कार्यरत अन्य श्रमिकहरुले दुर्घटनास्थलको तस्वीर सामाजिक सञ्जालमा राखेपछि घटना सार्वजनिक भएको हो।

उनीहरुका अनुसार अहिलेसम्म सुरक्षाकर्मीले ६ जना मजदुरको शव खाडलबाट बाहिर निकालेको छ। अन्यको खोजीकार्य भइरहेको छ।