२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रामीण दूरसञ्चार पूर्वाधारका लागि दिइएको रकमको हिसाब खोजिन्छ : मन्त्री बाँस्कोटा

अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ग्रामीण दूरसञ्चार पूर्वाधार विकासका लागि तत्कालीन एसटिएम(हालको सिजी टेलिकम)लाई उपलब्ध गराएको अनुदान रकमको हिसाबकिताब खोजिने बताएका छन् ।

सञ्चार मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा उनले विश्व बैंकसँग ऋण सहयोग लिएर उपलब्ध गराइएको एक करोड १८ लाख ६५ हजार अमेरिकी डलरबाट भएको कामकारवाहीको विवरण खोजिने स्पष्ट गरे।

सो रकमको खर्च र गर्नुपर्ने कामको र पूर्वशर्तमा रहेका प्रावधान पूरा भए कि भएनन् भनेर अनुसन्धान हुने उनको भनाइ थियो । मन्त्री बाँस्कोटाले तत्कालीन एसटीएमलाई दिइएको रकम कहाँ, कसरी र शर्तअनुसार गर्नुपर्ने खर्च र पूरा गर्नुपर्ने जिम्मेवारीसहितको काम गरे नगरेको छानबिन हुने सङ्केत गरे ।

सिजीले एसटिएम खरीद गरेपछि दायित्व पनि उसैमा आएको छ भन्दै मन्त्री बाँस्कोटाले साविकको ५३४ गाविसमा विस्तार गर्नुपर्ने सेवा के कस्तो अवस्थामा छन्, भिस्याटलगायत प्रविधि के कस्तो अवस्थामा छ, त्यसको सत्य तथ्य जानकारी दिनुपर्ने कि नपर्ने भन्दै प्रश्नसमेत गरे ।

यस्तै एसटिएमले निर्माण गर्छु भनेको एक हजार २८ पिसिओ बने कि बनेनन्, ती काम के भए, काम नभएको भए त्यसवापतको रकम फिर्ता हुन्छ कि हुँदैन भन्दै उनले त्यसको अध्ययन हुनेसमेत बताए ।

सो कम्पनी पनि चौधरी समूहले खरीद गरी सिजी टेलिकमका नाममा सञ्चालन गरिरहेको छ । उनले सरकार व्यावसायिक वातावरण बनाउन लागिपरेको छ भन्दै कोहकसैलाई पनि काखा र पाखा नगरिने स्पष्ट पारे । उनले भने ‘ ढोका हुँदा हुँदै झ्यालबाट आउनु प्रक्रिया विपरीत हुन्छ । प्रक्रियाबाट आए, कानूनअनुसार भए निर्णय गर्न कुनै आपत्ति हुँदैन ।’

तत्कालीन मन्त्रिपरिषद्ले गरेको निर्णय राजपत्रमा प्रकाशन नभएकाले त्यसको कानूनी आधारसमेत नरहेको उनले बताए । मन्त्रिपरिषद्ले कानून नै परिवर्तन गरेको भए त्यसको सार्वजनिक जानकारीका लागि नेपाल राजपत्रमा प्रकाशन हुने व्यवस्था भए पनि त्यसो नभएको सरकारका प्रवक्ता बाँस्कोटाको भनाइ थियो ।

उनले सोसम्बन्धी सहमति बार्सिलोनामा दिइएको हो भनी गरिएको प्रचारसमेत गलत भएको स्पष्ट पारे । बार्सिलोनामा सिजी टेलिकम र टर्कसेलबीचको सम्झौतामा आफू साक्षी नबसेको उनको प्रष्टोक्ति थियो । उनले भने ‘ हाम्रोमा पनि विभिन्न प्रकारका मेला आयोजना गरिन्छ । बार्सिलोनामा पनि त्यस्तै मेला थियो । घुम्दै जाने क्रममा उहाँहरुसँग भेट भएको हो । हामी यस्तो गर्दर्छौ भन्नुभयो । मैले त्यो त राम्रो हो भन्दै हात मात्र मिलाएको हो । घुम्दै जाँदा उहाँहरु त्यहीँ उभिनुभएको रहेछ, प्रविधि भित्र्याउनेबारे सम्झौता हुँदैछ, बसिदिनुपर्‍यो भन्नुभयो’, मन्त्री बाँस्कोटाले थप प्रसङ्ग जोड्दै भन्नुभयो ‘म कतै साक्षी बसेको छैन, लाइसेन्स दिन्छु भनेर ल्याप्चे पनि हानेको छैन ।’

कम्पनी किनेपछि दायित्व पनि सर्ने भएकाले एसटिएमको हिसाबकिताब पनि देखाउनुपर्ने उनको भनाइ थियो । मन्त्री बाँस्कोटाले सरकारले दिएको रकमको सदुपयोग भयो भएन भनेर अध्ययन हुने उल्लेख गरे । उनले लगानीकर्तालाई सरकारले सधैँ स्वागत गर्ने भए पनि उनीहरुमा पनि इमान्दारी जरुरी रहेको स्पष्ट पारे ।

मन्त्री बाँस्कोटाले अनुमतिपत्रवापत के कति रकम तिर्नुपर्ने हो, आफूलाई जानकारी छैन भन्दै नीतिगत र प्रक्रिया पुर्‍याएर आउनसमेत आग्रह गरे । मन्त्री बाँस्कोटाले सिजीको एकीकृत अनुमतिपत्रका बारेमा आफूले अध्ययन थालेको बताउँदै नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्पूर्ण कागजात मगाएर अध्ययन थालिएको समेत जानकारी दिए ।