२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समयमै योजना सम्पन्‍न गर्ने दिशामा लाग्‍न निर्देशन

अ+ अ-

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले योजना माग गर्ने तर रकम खर्चै नहुने कुरा दुखद रहेको बताएकी छन् ।

स्याङ्जा जिल्लाको विकास सम्बन्धमा स्याङ्जामा छलफल गर्दै मन्त्री अर्यालले सडकको विषय अझ गम्भिर रहेको बताइन् । जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आयोजना गरेको विकास सम्बन्धि छलफल कार्यक्रममा बोल्दै उनले समयमै योजना सम्पन्न गर्ने सन्दर्भमा कर्मचारीले मात्र रकम खर्च गरेनन् भन्दा पनि जनप्रतिनिधिहरुले कति सहजिकरण गर्ने भन्ने कुा पनि महत्वपुर्ण हुने बताइन् ।

‘के गर्दा काममा गति दिन सकिन्छ ध्यान दिउ । योजना नपरेको होइन काम नभएको हो’, मन्त्री अर्यालले भनिन्, ‘अहिलेसम्मका ठेकेदारी प्रकृयामा नै समस्या छ । क्षमता नै नभएकोले एक भन्दा बढी योजना होल्ड गरेर किन राख्ने ? सोचनीय विषय हो कि होइन ? ‘ छिरलिएको योजनाले समृद्धि आउन नसक्ने भन्दै मन्त्री अर्यालले अलिकति बल गर्दाखेरि सम्पन्न गर्न सकिने योजनाको पहिचान गरेर सम्पन्न गर्ने दिशामा जान आग्रह गरिन् । काम गर्नका निम्ति तत्परता देखाएमा बजेटको कुनै समस्या नहुने मन्त्री अर्यालको भनाई थियो । उनले भनिन्’, ‘काम गर्ने तत्परता देखाउनुस पैसाको व्यवस्था म गर्छु । स्याङ्जाको विकास गर्ने हो भने प्राथमिकताका आधारमा राजनीतिक सहमति गरेर जाउ ।’

एक वर्षभित्रमा सम्झौता कार्यान्वयन नगरेमा सिधै सम्झौता खारेज गर्नेगरी खरिद ऐन संशोधन भएको भन्दै उनले योजना लिएर सम्पर्कबिहिन ठेकेदारको समस्या समाधान हुने बताइन् । अब विकास निर्माणको कार्यान्वयमा देखिएको उदासिनता त्यागेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । ‘कार्यान्वयनमा देखिएको उदाशिनता पहिलो नम्बरमा तोडौ । विकासमा, समृद्धिमा एकता आजको आवश्यकता हो । साना साना कुरामा खेलोफड्को गरेर हामी झन पछि पर्दै गएका छौु, मन्त्री अर्यालले भनिन्, ‘अब हामी साना कुरामा भुल्ने होइन । हामी कसरी आफ्नो जिल्ला बनाउने भन्ने कुरामा विकासमा समन्वय गरेर जाने वातावरण बनाउ ।’ आफ्नो जिल्ला बनाउने अभियानमा एकजुट भएर लाग्न उनले आग्रह गरिन्।

यस आर्थिक वर्षको बाँकी महिनामा कति काम सम्पन्न गर्न सकिन्छ त्यसमा केन्द्रित भएर जान समेत आग्रह गर्दै मन्त्री अर्यालले। प्राथमिकता पहिचान गरेर अलि बढी बजेट त्यहा हालेर जान सुझाइन् । परिवर्तनको अनुभूति गराउने हात कर्मचारीहरुको हातमा भएको भन्दै उनले कर्मचारीको जिम्मेवारी निर्वाह गर्दै मेरो पालामा नयाँ के काम गर्ने भन्ने योजना बनाएर अगाडी बढ्न कर्मचारीलाई निर्देशन दिइन् ।