११ मंसिर २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रीसमा राष्ट्रव्यापी हडताल, यातायात र सार्वजनिक सेवा प्रभावित

अ अ+ अ-

काठमाडौँ । तलब वृद्धि, पेन्सन, स्वास्थ्य तथा शिक्षा क्षेत्रमा बजेट बढाउनुपर्ने माग गर्दै ग्रीसमा गरिएको २४ घण्टे राष्ट्रव्यापी हडतालका कारण यातायात र सार्वजनिक सेवा प्रभावित भएका छन् ।

 ग्रीसको सबैभन्दा ठूलो सार्वजनिक क्षेत्रको ट्रेड युनियन एडेडवाई तथा देशभरका दर्जनौँ श्रमिक केन्द्र र ट्रेड युनियनको आह्वानमा बुधवार हडताल भएको हो । राजधानी एथेन्समा प्रदर्शनकारीहरूले विभिन्न मागसहित नाराबाजी गर्दै संसद् भवनतर्फ र्‍याली निकालेका थिए । उनीहरूले तलब वृद्धि तथा पेन्सन, स्वास्थ्य र शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न माग गरेका थिए ।

 हडतालका कारण एथेन्समा मेट्रो, विद्युतीय रेल र ट्राम सेवा सीमित समयतालिकाअनुसार सञ्चालन भएका थिए । देशभरका बन्दरगाहमा फेरी सेवा ठप्प रह्यो । हवाई यातायातसमेत प्रभावित भएको थियो । १५ वटा क्षेत्रीय विमानस्थलका उडान सूचना सेवामा कार्यरत कर्मचारी हडतालमा सहभागी भएपछि एजियन एयरलाइन्स र एसकेवाई एक्सप्रेसले थुप्रै आन्तरिक उडान रद्द गरेका थिए । देशभरका दर्जनौँ सहरमा प्रदर्शन भएका थिए ।

 विद्यालय, सार्वजनिक अस्पताल र अन्य सरकारी सेवा पनि हडतालबाट प्रभावित बनेका थिए । हडतालको आह्वान गरेको एडेडवाईले मुलुकका प्रमुख आर्थिक, श्रम तथा सामाजिक चुनौती समाधान गर्न प्रभावकारी नीति अवलम्बन गर्न सरकारसँग माग गरेको छ । प्रदर्शनमा सहभागी भायोलेटा गालानोपोलुले सार्वजनिक तथा निजी क्षेत्रका अन्य श्रमिकसँग ऐक्यवद्धता जनाउँदै आफूहरूले गुमाएको जीवनयापनको अधिकार पुनः प्राप्तिका लागि आवाज उठाएको बताइन् । 

उनले तलब वृद्धि, १३ औँ र १४ औँ महिनाको तलब तथा यसअघि कटौती गरिएका तलबमान पुन:स्थापना गर्नुपर्ने माग गरिन् । माध्यमिक शिक्षा सरकारी विद्यालय शिक्षक महासंघ (ओएलएमई) का अध्यक्ष आन्द्रियास कार्गोपोलोसले हजारौँ शिक्षक न्युन तलब, असुरक्षित विद्यालय भवन र शिक्षकको अभावविरुद्ध हडतालमा उत्रिएको बताए । उनका अनुसार शिक्षकहरू न्यून पारिश्रमिकमा काम गर्न बाध्य छन् भने विद्यालय भवनको अवस्था पनि उपयुक्त छैन । विद्यालयमा शिक्षकको अभाव भइरहँदा व्यावसायिक संस्थाहरूको प्रायोजन भने बढिरहेको उनले टिप्पणी गरे । निर्माण, लेखा तथा खानी उद्योगलगायत निजी क्षेत्रका श्रमिक संगठन पनि हडतालमा सहभागी भएका थिए । प्रदर्शनकारीहरूले तलब वृद्धि, सार्वजनिक कर्मचारीका लागि खारेज गरिएका १३औँ र १४औँ महिनाको तलब पुन:स्थापना, विद्युत् तथा इन्धनको मूल्य घटाउनुपर्ने र अत्यावश्यक वस्तुमा मूल्य सीमा तोक्नुपर्ने माग गरेका छन् । 

त्यस्तै, आधारभूत उपभोग्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) घटाउन तथा बढ्दो आवास संकट समाधान गर्न भाडा नियन्त्रणसहितका उपाय अपनाउन पनि उनीहरूले सरकारसँग माग गरेका छन् । ग्रीसमा आर्थिक मितव्ययितासम्बन्धी नीतिअन्तर्गत सार्वजनिक क्षेत्रका कर्मचारीले पाउँदै आएको १३ औँ र १४औँ महिनाको तलब कटौती गरिएको थियो । पछिल्लो हडतालमा श्रमिक संगठनहरूले उक्त सुविधा पुन:स्थापनालाई प्रमुख माग बनाएका छन् । 

0 Comments