२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुम्ती सेवामार्फत दैनिक १ लाख रुपैयाँको खाद्यान्न व्यापार गर्दै नयाँ सरकारी कम्पनी

अ+ अ-

काठमाडौँ । सरकारले स्थापना गरेको नयाँ कम्पनीले घुम्ती सेवामार्फत मात्र दैनिक एक लाखसम्मको खाद्यान्न व्यापार गर्दै आएको छ । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले घुम्ती सेवामार्फत दैनिक १० हजारदेखि एक लाख रुपैयाँसम्मको व्यापार थालेको छ ।

कम्पनीले आम उपभोक्तालाई सर्वसुलभ मूल्यमा उनीहरूकै टोल टोलमा सेवा दिने उद्देश्य सहित खाद्यान्न घुम्ती सेवा सुरु गरेको हो । कम्पनीले दैनिक कार्यालय समयमा विभिन्न चोकमा पुगेर आम उपभोक्तालाई अत्यावश्यक पर्ने खाद्यान्न लगायतका वस्तुहरू उपलब्ध गराउँदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

काठमाडौँ उपत्यकाको रिङ रोड बाहिर गत पुस १६ गतेदेखि घुम्ती सेवा सञ्चालन गरेको कम्पनीले आफ्नो व्यापारलाई विस्तार मात्र होइन आम उपभोक्तालाई टोल टोलमै सेवा दिने योजना बनाएको हो । ‘आवश्यकताको पहिचान गर्दै सोही सोही स्थानमा हामी सेवा विस्तार गर्दै जान्छौँ,’ सुवेदीले भने । घुम्ती सेवाबाट कम्पनीबाट उपलब्ध हुने सेवा सम्बन्धमा समेत बजारीकरण हुने दाबी उनी गर्दछन् ।

कम्पनीले गत पुस १६ गतेबाट काठमाडौँको साँखु, थली, कीर्तिपुर, बलम्बु, सूर्य विनायकलगायतबाट आम उपभोक्तालाई घुम्ती सेवा प्रदान गरिरहेको कम्पनीका बिक्री वितरण विभाग प्रमुख लालमोहन ठाकुरले जानकारी दिए । यसबाहेक कम्पनीले रिङ रोडभित्र पनि विभिन्न स्थानमा यस्तो सेवा बिस्तार गर्ने तयारी गरिरहेको छ । कम्पनीले भक्तपुरको सूर्य विनायक, काठमाडौँको कीर्तिपुर र बुढानीलकण्ठ तथा ललितपुरको गोदावरीमा पनि छिट्टै यस्तो घुम्ती सेवा सञ्चालन गर्न लागेको कम्पनीको वागमती अञ्चल कार्यालय थापाथलीका प्रमुख रणबहादुर बुढाथोकीले जानकारी दिए ।

कम्पनीले बिर्तामोड, विराटनगर, लहान, काठमाडौँ, पोखरा, नेपालगन्ज, धनगढी र तुलसीपुर गरी आठ वटा अञ्चल कार्यालयबाट पनि खाद्यान्न बिक्री तथा वितरण गरिरहेको छ । यसरी आम उपभोक्तालाई सेवा प्रदान गर्ने २६ वटा शाखा र ५९ वटा डिपोसमेत रहेका छन् ।

यसका साथै विभिन्न जिल्लाका गोदाम, डिपो तथा सहकारीहरू तथा अस्थायी केन्द्रबाट समेत कम्पनीले यस्तो सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले रामशाहपथ र नख्खु काउन्टरबाट समेत खाद्यान्न बिक्री गरिरहेको छ ।

‘अब हामी कम्पनी बनेका छौँ, सोही अनुसार कार्य सम्पादन गर्न जान्नु पर्छ,’ ठाकुरले भने ‘सेवा नथपी सुख छैन ।’ सेवा प्रदान गर्दै आएको सरकारी संस्थानले अब निजी क्षेत्रका कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने व्यापार कम्पनीका रूपमा आफूलाई रूपान्तरण गर्न थप गृहकार्य गर्दै गरेको उनको भनाई छ ।

खाद्य तथा अन्य अत्यावश्यक वस्तुको गुणस्तर कायम राख्दै नियमित रूपमा सर्वसाधारण उपभोक्तालाई उचित मूल्यमा बिक्री वितरण र आपूर्ति गर्ने छौँ,’ उनले भने ‘ग्रामीण क्षेत्रमा मात्र नभई सहरी क्षेत्रका उपभोक्तालाई समेत यस्तो सेवा दिने कम्पनीको योजना छ ।’ यही योजना अनुरूप सहरी क्षेत्रमा घुम्ती सेवा सुरु गरिएको हो ।

नेपाल खाद्य संस्थान र नेसनल ट्रेडिङ आपसमा गाभिएर कम्पनी बनेपछि कम्पनीले आफ्नो सेवामा विविधता ल्याउन तथा विस्तार गर्न घुम्ती सेवा सुरु गरेको हो । देशभरका मुख्य मुख्य स्थानमा यस्तो सेवा विस्तार गर्ने योजना कम्पनीले बनाएको ठाकुरको भनाई छ । कम्पनीले अहिले बासमती, जिरा मसिनो, सोना मन्सुली र जापानीज चामल तथा जुम्लाको सिमी पनि बिक्री गर्दै आएको छ । त्यस्तै अति भरपर्दो इन्डक्सन चुलो पनि अहिले विक्री वितरणमा छ र लोकप्रियता हासिल पनि गरेको छ । विद्युतीय सामग्री प्रयोगले थोरै भए पनि आयातित एलपिजि ग्यासको निर्भरता कम हुने विश्वास लिन सकिन्छ ।

खाद्य तथा अन्य अत्यावश्यक वस्तुको गुणस्तर कायम राख्दै नियमित रूपमा सर्वसाधारण उपभोक्तालाई उचित मूल्यमा खाद्यान्न बिक्री वितरण र आपूर्ति गर्ने छ,’ ठाकुरले भने ‘ग्रामीण क्षेत्रमामात्र नभई सहरी क्षेत्रका उपभोक्तालाई समेत यस्तो सेवा विस्तार गर्दैछौं ।’

त्यसो त साबिकको नेपाल खाद्य संस्थान हुँदादेखि नै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नियमित उपभोक्ता रहेका छन् ।

विगत एक दशकदेखि नियमित रूपमा खाद्य कम्पनीको अरुवा ब्रान्डको चामल उपभोग गरिरहेको सातदोबाटोका विजयकुमार झाले बताए । ‘मैले यहीको चामल उपभोग गर्दै आएका १०–१२ वर्ष भयो’, थापाथलीस्थित कम्पनीको विक्री काउन्टरमा चामल लिन आएका झाले भने, ‘खान पनि मिठो र पूजापाठका लागि पनि शुद्ध मानिने भएकोले कम्पनीकै स्टोरबाट लिँदै आएको छु ।’

सिनामंगलबाट चामल र दाल लिन आएका कृष्णप्रसाद पौडेल पनि यहाँको चामल स्वास्थ्यका लागि राम्रो हुने बताउँछन् । ‘मलाई पुरानो चामल मन पर्छ’ पौडेलले भने ‘सस्तो, मिठो र स्वास्थ्यका लागि पनि राम्रो मानिने भएकोले नियमित यहीको उत्पादन उपभोग गर्दै आएको छु ।’

पछिल्ला केही दिन यता कम्पनीका उत्पादन किन्न आउने ग्राहकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको थापाथलीस्थित बिक्री काउन्टरकी एक कर्मचारीले बताएकी छिन् । नियमित उपभोक्ता सँगसँगै नयाँको सङ्ख्या पनि उत्तिकै रहेको उनको भनाई छ ।

१९ हजार मेट्रिक टन धान चामल स्टक रहेको छ । ३३ हजार मेट्रिक टन स्टक राख्नु पर्ने हुन्छ । २५ हजार मेट्रिक राष्ट्रिय सुरक्षा भण्डारणको लागि हो भने ८ हजार मेट्रिक टन सार्क खाद्य बैङ्कको लागि हो ।

र यो पनि,

३० हजार मेट्रिक टन धान किन्दै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी

देशभर छरिएर रहेका सम्पत्ति र दायित्व खोज्दै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी