२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाका मेजर जनरल राष्ट्रसंघीय शान्ति सेनाको फोर्स कमान्डरमा नियुक्त

अ+ अ-

काठमाडौं । नेपाली सेनाका मेजर जनरल ईश्वर हमाल राष्ट्रसंघीय शान्ति सेनाको फोर्स कमान्डरमा नियुक्त भएका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले नेपाली सेनाका मेजर जनरल हमाललाई राष्ट्रसंघीय शान्ति सेनाको फोर्स कमान्डरमा नियुक्त गरेका हुन्।

सोही मिसनको कार्यवाहक प्रमुख तथा फोर्स कमान्डका रुपमा अक्टुबर २०१९ देखि कार्यरत् नेपालकै अर्का मेजर जनरल शिवराम खरेलको ठाउँमा हमालले सो जिम्मेवारी सम्हाल्न लागेका हुन्।

अत्यन्त चुनौतिपूर्ण समयमा पनि दृढताका साथ जिम्मेवारी पुरा गरेकोमा जनरल खरेललाई राष्ट्रसंघीय महासचिव गुटेरेसले धन्यवाद व्यक्त गरेको राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सन् १९८३ मा अफिसरको रुपमा नेपाली सेनामा प्रवेश गरेका हमालको सैनिक सेवाको लामो अनुभव छ।

नेपाली सेना मुख्यालयमा मिलिटरी अप्रेसनको डाइरेक्टर र नेपाली आर्मी कमाण्ड तथा स्टाफ कलेजको कमाण्डेन्टलगायत महत्वपूर्ण जिम्मेवारीमा रहिसकेका हमाललाई राष्ट्रसंघले सो भूमिकाका लागि चयन गरेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रसंघको शान्ति मिशनमा पनि उनले सन् १९९० देखि ९१ सम्म, सन् १९९३–१९९४ सम्म, सन् २०००, र सन् २००६ देखि २००७ सम्म महत्वपूर्ण जिम्मेवारी पुरा गरेको राष्ट्रसंघले जनाएको छ।

त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका हमालले अमेरिकाको आर्मी वार कलेजबाट स्ट्राटेजिक स्टडिजमा स्नातकोत्तर पनि हासिल गरेका छन्।