१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रचण्डको आश्वासनपछि माडीका वडाध्यक्ष पौडेलले तोडे अनशन

अ+ अ-

चितवन । निकुञ्ज ऐन संशोधनको माग गर्दै आमरण अनशनमा बसेका माडी नगरपालिका- १ का वडाध्यक्ष कृष्ण पौडेलले अनशन तोडेका छन् । ७ दिनदेखि अनशनमा बसेका पौडेललाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जुस खुवाएर अनशन तोडाएकी हुन् ।

चितवन निर्वाचन क्षेत्र नं.३ का सांसद पुष्पकमल दाहाल प्रचण्डले फोनमा कुराकानी गर्दै माग पुरा गराउन आफू लागि परेको र समस्या समाधानका लागि नेतृत्व पनि लिएको भन्दै अनशन तोड्न अनुरोध गरेका थिए । लगतै उनले हात्तीले मारेका व्यक्तिका परिवारलाई साछी राखेर अनशन तोडेका थिए ।

नेकपा अध्यक्ष प्रचण्ड आफ्नो अभिभावक भएकाले उनको अनुरोधलाई स्वीकार गरी अनशन तोडेको वडाध्यक्ष पौडेलले बताए ।

माडी जाने निकुञ्ज भित्रको सडक चौविसै घण्टा सञ्चालनमा ल्याउनु पर्ने, निकुञ्जबाट बढी प्रभावित बस्ती बाँदरझुला, अमिलियाको उचित व्यवस्थापन हुनुपर्ने, रिउ करिडोरको निर्माण गरी मानव र वन्यजन्तुको द्वन्द्व निवारण गर्नु पर्ने लगायतका ७ बुँदे माग राखेर पौडेल अनशनमा बसेका थिए । अनशनका क्रममा स्वास्थ्य गम्भीर भएपछि भरतपुर अस्पताल भर्ना गरिएको थियो ।

वडाध्यक्ष पौडेलको जीवन रक्षाको माग गर्दै कांग्रेस चितवनले आन्दोलन गर्ने घोषणासमेत गरेको थियो भने नौ दलले मागप्रति ऐक्यवद्धता जनाएपछि कांग्रेसले आन्दोलनका कार्यक्रम फिर्ता लिएको थियो ।

यसअघि माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले फागुन ७ गतेबाट आमरण अनशनमा बस्ने घोषणा गरेका थिए । तर उनी अनशन नबसेपछि वडाध्यक्ष पौडेलले अनशन थालेका थिए ।

प्रतिक्रिया दिनुहोस