१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाञ्चल विश्वविद्यालयको कार्यालय गोठगाउँमा सर्ने निश्चित

अ+ अ-

इटहरी । वर्षौंदेखि आफ्नो भवन तथा पूर्वाधार हुँदासमेत विराटनगरमा रहँदै आएको पूर्वाञ्चल विश्वविद्यालय (पियु) को कार्यालय मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा आउने निश्चित भएको छ । विश्वविद्यालयको कानून संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा बुधबार पास भएपछि विश्वविद्यालयको प्रशासनिक काम अब गोठगाउँबाटै हुने निश्चित भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०७५ माथि छलफल गरियोस् भनी प्रस्तुत गरेको विधेयक पारित भएको हो ।

सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँमा पर्याप्त पूर्वाधार भएर पनि वर्षौं पहिलेदेखि विश्वविद्यालयको प्रशासनिक तथा अन्य काम विराटनगरबाट सञ्चालन भइरहेको थियो । त्यस विषयमा गोठगाउँबाटै सबै काम हुनुपर्ने माग गर्दै स्थानीयवासीले विगतदेखि पटकपटक आन्दोलन गर्दै आएका थिए ।

गोठगाउँबाटै प्रशासनिक काम सञ्चालन हुने भएपछि स्थानीयवासी पनि खुशी भएका छन् । खुशियालीमा विश्वविद्यालय परिसरमा बुधबार साँझ दीपावली गरिएको छ । सुन्दरहरैँचाका प्रमुख शिव ढकाल, उपप्रमुख धना तामाङ, नेकपा सुन्दरहरैँचाका अध्यक्ष केदार गुरागाईं, कोशीहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईंलगायत राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सर्वसाधारणको सहभागितामा बेलुका दीपावली गरेर सो निर्णयको स्वागत गरिएको थियो ।

विश्वविद्यालयको मुख्य कार्यालय गोठगाउँ सार्न लामो समयदेखि पहल हुँदै आएको थियो । विभिन्न समिति बनेर सङ्घर्ष हुँदै आएको भए पनि विश्वविद्यालयका पदाधिकारीले विराटनगर छाड्न चासो नदेखाएको बताइएको थियो ।

पछिल्लो समय सुन्दरहरैँचाका प्रमुख ढकालले सो विषयमा पहल लिएका थिए । उनले विश्वविद्यालयको मुख्य कार्यालय गोठगाउँ नै राख्नुपर्ने माग गर्दै मोरङका सबै पालिकाको हस्ताक्षरसमेत सङ्कलन गरेका थिए । उनले धेरै समय अघिदेखि सङ्घर्ष गर्दै आएको काम सफल भएकामा खुशीसमेत व्यक्त गरे ।

अहिलेको नेकपाको सरकारसमेत विश्वविद्यालयलाई गोठगाउँमै केन्द्रित गर्न सकारात्मक बनेको तथा अहिलेका शिक्षामन्त्रीसमेत यस विषयमा सकारात्मक भएका कारण पनि यो विषयले प्राथमिकता पाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस