९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कमीकमजोरी सच्याउँदै अघि बढ्नुपर्छ : वरिष्ठ नेता नेपाल

अ+ अ-

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता प्रक्रियामा भएको ढिलाइ र कमीकमजोरी प्रति आत्मआलोचना गर्दै सच्चिएर अघि बढ्नुपर्ने बताएका छन् ।

नेकपा सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा आज सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘पार्टीका विद्यमान कमिटीलाई मिलाएर वैज्ञानिक आधारमा एकता प्रक्रियामा गएको भए एकता प्रक्रियामा समस्या आउने थिएन ।’ पार्टीलाई कसैले विघटनको दिशामा जान्छ भनेर सोचेको भए उसको सपना पूरा नहुने बताए । उनले भने, ‘यो पार्टीलाई सुदृढ गर्नेबाहेक विकल्प छैन ।’

उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनचाहनाअनुसार तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्र एक भएको उल्लेख गर्दै जनताले दिएको अभिभारा पूरा गर्न पार्टी प्रतिबद्ध रहेको बताए । वर्तमान अवस्थामा देशभित्र र बाहिरका शक्तिले सरकारमाथि चुनौती खडा गरिरहेका उनले उल्लेख गरे । उनले भने, ‘पार्टी एकताको कामलाई कमजोर पार्ने काम स्वीकार्य हुँदैन ।’

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेताहरुको दृढ इच्छाशक्तिले दुई पार्टीबीचको एकता सम्भव भएकाले भेलामा पार्टीको आलोचना नभई नीति विचारमा बहस चलाउनुपर्ने बताए । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीको मर्म र भावनाअनुसार नेता कार्यकर्ता अघि बढ्नुपर्नेमा जोड दिए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले गरेका काम जनता समक्ष पुर्‍याउने काममा सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे। सो पार्टीका प्रदेश इञ्चार्ज भीमबहादुर रावलले विधि पद्धति र प्रक्रियाबाट पार्टी चल्नुपर्नेमा जोड दिए । भेलामा नेकपाका प्रदेश अध्यक्ष कर्णबहादुर थापा, नेता खगराज भट्ट, लक्ष्मणदत्त जोशी, भानुभक्त जोशी लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस