२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा.खतिवडासहित राष्ट्रियसभाका १९ सदस्यको कार्यकाल आज सकिँदै, नयाँ सदस्यको शपथ भोलि

अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल आज सकिँदै छ। गोला प्रथाबाट दुई वर्षे कार्यकाल परेका सदस्यहरू आज अन्तिम बैठकमा सहभागी हुँदै छन्।

विभिन्न कोटा र कलस्टरबाट निर्वाचित तथा मनोनीत सांसदहरूमध्ये १९ जनाको कार्यकाल सकिन लागेको हो।

कार्यकाल सकिनेमा राष्ट्रपति बाट मनोनीत डां युवराज खतिवडासहित १९ जना सदस्य रहेका छन् । महिलातर्फ सरिता प्रसाईँ, मिनाकुमारी यादव, धनकुमारी खतिवडा, बिन्दा आले, मिना बुढा, युटोल तामाङ र कमला ओली छन् ।

दलित कोटाबाट निर्वाचित खेमराज नेपाली र राम पृत पासवान तथा अपाङ्गबाट निर्वाचित राजकुमार कुँवर र बृषेशचन्द्र लाल रहेका छन् ।

त्यस्तै प्रदेश १ का हरिचरण शिवाकोटी, प्रदेश २ का रमेशप्रसाद यादव, बागमती प्रदेशका बलराम बास्कोटा, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, प्रदेश ५ का दुर्गादत्त उपाध्याय, कर्णाली प्रदेशका कालीबहादुर मल्ल र सुदूरपश्चिम प्रदेशका बद्रीप्रसाद पाण्डेको पनि कार्यकाल सकिएको छ ।

सत्तारुढ नेकपाका ८, काँग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका एक सांसदको कार्यकाल सकिनलागेको हो ।

नयाँ सदस्यको शपथ
गत माघ ९ गते भएको निर्वाचनबाट आएका १८ जना र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक जनाको भोलि बिहान ११ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

भोलि शपथ लिने सांसदमा सत्तारुढ नेकपाका १६ जना र राजपाका २ जना छन्। त्यस्तै एक जना सरकारको सिफारिसबाट राष्ट्रपतिबाट मनोनीत व्यक्ति हुनेछन्।

आज दिउँसो २ बजे बस्ने राष्ट्रियसभा बैठकमा कार्यकाल सकिन लागेका सबै सांसदहरूले आ–आफ्नो भनाइ राख्नेछन् । दिउँसो साढे १ बजे कार्यकाल सकिन लागेका सदस्यहरूको फोटो सेसन पनि रहेको छ ।

बैठक सकिपछि कार्यकाल सकिनलागेका सदस्यहरूको अनौपचारिक कार्यक्रम गरी बिदाइ गरिने जनाइएको छ ।