२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वृद्ध वृद्धाहरुको घरदैलोमा गएर स्वास्थ्य उपचार गरिने

अ+ अ-

डोटी । डोटी जिल्लामा रहेका वृद्ध वृद्धाहरुको घरदैलोमा गएर स्वास्थ्य उपचार गरिने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको समन्वयमा स्वास्थ्य कार्यालय डोटीले मुख्य मन्त्री ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत डोटी जिल्लाका तिन वटा स्थानीय तहमा रहेका ७० वर्ष भन्दा माथिका ज्येष्ठ, असक्त, अपाङ्ग नागरिकहरूको निःशुल्क स्वास्थ्य उपचार तथा परामर्श गरिने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।

प्रमुख मलासिका अनुसार डोटीको दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र आदर्श गाउँपालिकामा मुख्य मन्त्री ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण गरिने बताए । र अन्य बाकी रहेका छ वटा स्थानीय तहमा प्रदेश सरकारकै समन्वयमा आत्महत्या रोकथाम तथा विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत घरदैलोमा गएर परामर्श तथा जनचेतनामूलक कार्यक्रमको आयोजना गरिने बताए ।

कार्यक्रमले बढी प्राथमिकता तोकेको सम्बन्धित स्थानियतहलाई दिने भए पनि दुवै प्रकृतिका कार्यक्रम सबै स्थानियतहमा लागु हुने समेत प्रमुख मलासिले बताए । ज्येष्ठ नागरिकहरुलाई हुन सक्ने स्वास्थ्य समस्या अरू उमेर समूहका मानिसहरूको भन्दा बढी हुने भएकाले कार्यक्रमलाई सफल पार्न सबैको सहयोग आवश्यक रहको रहेको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट डा. ज्योति पाण्डेयले बताइन् । उनले भनिन् मानसिक स्वास्थ्य र ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण दुवै विषय संवेदनशील हुन दुवै विषयलाई विशेष महत्त्वका साथ हेर्नुपर्छ ।

डोटी जिल्लामा कार्यक्रम सञ्चालनको लागि सबै स्थानियतहमा रहेर काम गर्ने गरी ९ जना स्वास्थ्यकर छनोट भइसकेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । उक्त स्वास्थ्यकर्मिहरुले स्थानियतहको समन्वयमा स्वास्थ्य कार्यालयले निमार्ण गरेको कार्ययोजना अनुसार विद्यालय, टोल टोलमा गएर सेवा दिने जनाएको छ ।

जिल्लामा नयाँ कार्यक्रमको रूपमा कार्यान्वयन चरणमा रहेको कार्यक्रमका लागि नियुक्त स्वास्थ्यकर्मीहरूले पहिलो चरणमा लागत सङ्कलन गरी त्यसको आधारमा कार्यक्रम सञ्चालन गर्ने कार्य योजना रहेको स्वास्थ्य कार्यालय जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको लागि यो नयाँ प्रकृतिको कार्यक्रम हो यो प्रदेशका ९ वटै जिल्लामा लागु हुने छ ।