१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना भाइरसविरुद्ध लडिरहेको चीनलाई नेपालको बलियो साथ छ : परराष्ट्रमन्त्री ज्ञवाली

अ+ अ-

काठमाडौं । महामारीको रुपमा विश्वभरी फैलिएको नोभेल कोरोना भाइरसविरुद्ध लडिरहेको चीनलाई सहयोग गर्ने नेपालले प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल सरकारले कोभिड–१९ विरुद्ध संघर्षरत चीनलाई आफ्नो बलियो साथ रहेको नेपालले जनाएको हो ।

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले समकक्षी वाङ यीसँग सोमबार टेलिफोन सम्वाद गरेका थिए । मन्त्री ज्ञवालीले कोरोना भाइरसविरुद्ध लडिरहेको छिमेकी चीनलाई नेपालको बलियो साथ रहेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सोमबार समकक्षी वाङ यीसँग टेलिफोन सम्वाद गर्नु भएको छ’, मन्त्रालयले भनेको छ, ‘समकक्षीसँगको सम्वादका क्रममा उहाँले कोरोना भाइरसविरुद्धको संघर्षमा नेपालको साथ र सहयोग रहने बताउनुभएको छ ।’

त्यसक्रममा विदेमन्त्री वाङ यीले एक साताअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङले प्रधानमन्त्री ओलीलाई एक सन्देश पठाएर स्वास्थ्य लाभको कामना गरेका थिए।

चीनमा कोरोनाबाट अहिलेसम्म तीन हजार एक सय १२ जनाले ज्यान गुमाइसकेका छन्। चीनको वुहानबाट फैलिएको कोरोना भाइरस विश्‍वका १०३ मुलुकमा पुगिसकेको छ। कोरोनाकै कारण नेपालले चीनसँग जोडिएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका बन्द गरिदिएको छ।

प्रतिक्रिया दिनुहोस