२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गीता छोएर कमल थापाले खाए पार्टी नफुटाउने कसम

अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूले कहिल्यै पनि पार्टी नफुटाउने बताएका छन् ।

राप्रपा र राप्रपा संयुक्तको एकता घोषणा कार्यक्रममा उनले हिन्दू धार्मिक ग्रन्थ गीता हातमा लिएर पार्टी नफुटाउने प्रतिज्ञा गरे । ‘यो गीता हातमा राखेर कसम खान्छु राप्रपालाई फुट्न दिन्न’ उनले भने ।

यसअघि नेताहरुकै कारण पार्टी पटक-पटक फुटेको भन्दै अब पार्टी नफुटाउन  नेता कार्यकर्ताले माग गरेका थिए । राष्ट्रियसभा गृहमा बुधबार आयोजित राप्रपा र राप्रपा संयुक्तको एकीकरण समारोहमा राप्रपा काठमाडौंका जिल्ला सचिव हरि प्रसाद अघिकारी पार्टी नफुटाउने कसम खान माग गर्दै गीता बोकेर मञ्चमा पुगेका थिए ।

उनले आफू कुनै पनि हालतमा पार्टी फुटाउने पक्षमा नरहेको भन्दै अन्य दुई अध्यक्ष पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी पनि पार्टी फुटाउने पक्षमा नरहेको बताए । आफूहरुको उमेरको कारणले पनि अब त्यो अवस्था नरहेको उनको भनाइ थियो ।

उनले पार्टी एकताको आजको दिन कोषेढुंगा सावित उनले दावी गर्दै पार्टी निर्माणमा विगतमा संस्थापक नेता स्वर्गीय सूर्यबहादुर थापाले खेलेको भूमिकाको पनि प्रशंशा गरे ।

थापाले पार्टी एकताबाट आफू खुसी र सन्तुष्ट रहेको बताउँदै आफ्नो चार वर्षे कार्यकाल पूरा नहुँदै पार्टी एकता गराउन सकेकोमा गौरवान्वित भएको पनि धारणा राखे ।

पार्टी एकीकरणअघि आफू एक्लो अध्यक्ष भएपनि एकतापनि तीन अध्यक्ष हुने व्यवस्था रहेको बताउँदै उनले यसले पार्टी सञ्चालनमा थप सहज हुने धारणा राखे ।

‘पहिले पार्टीमा म एक्लै नेतृत्वमा थिएँ । एकतापछि पार्टीमा दुई अध्यक्ष थपिँदा बोझ घटेको छ, पार्टी सञ्चालन गर्न पनि सहज हुन्छ’, थापाको भनाइ थियो ।

उनले पार्टी एकता कुनै शक्तिकेन्द्रको दवावमा नभएको स्पष्ट पार्दै यो एकता कार्यकर्ताको भावना र चाहनाअनुसार भएको बताए ।

‘स्वदेशी तथा विदेशीको दवावमा पार्टी एकता भएको होइन, कार्यकर्ताएको दवाव र मुलुकको वर्तमान अवस्थाको विकल्पलाई मध्यनजर गर्दै एकताको वातावरण सिर्जना भएको हो’, थापाले भने, ‘निर्वाचनको परिणामबाट कार्यकर्ताले दिएको दवावबाट हामीले धेरै शिक्षा पनि लिएका छौं ।’

थापाले आगामी दिनमा पार्टी एकता गर्न नपर्ने गरी अघि बढ्ने प्रतिवद्धता जनाउँदै पार्टी संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको एजेण्डामा अडिग रहने स्पष्ट पारे ।

तर आफ्नो पार्टी परिवर्तनको विरोधीचाहिँ नभएको उनको स्पष्टोक्ति थियो । उनले भने, ‘हामी परिवर्तन विरोधी होइनौं । आध्यात्मिक विकासको पक्षपाति हौं, हिन्दुराष्ट्र सहित विप्लव समूह र राजा अटाउने प्रणालीको अवलम्बन गर्न खोज्छौं ।’

वर्तमान अवस्थामा मुलुककमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइएको आरोप लगाउँदै थापाले त्यो लूटतन्त्रमा सरकार सँगसँगै प्रतिपक्षी पनि मतियार बनेको बताए ।