२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अझै आठ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित

अ+ अ-

डोटी । यहाँका नौ महिनादेखि पाँच वर्षसम्मका करिव २४ हजार ५५० बालबालिकालाई दादुरा-रुवेला रोग विरुद्धको खोप लगाउन अभियान शुरु भएको छ ।

अभियान यही चैत ३० गतेसम्म सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख रमेश मलासीले पहिलो चरणमा बोगटान फुड्सिल, जोरायल, बडिकेदार र केआइसिंह गाउँपालिका अभियान सञ्चालन हुने जानकारी दिए ।

त्यस्तै चैत्र १६ गतेदेखि दोस्रो चरणअन्तर्गत दिपायल सिलगढी र शिखर नगरपालिका, पूर्वीचौकी, आदर्श र सायल गाउँपालिकामा अभियान सञ्चालन हुने जनाइएको छ । कूल ५११ खोप केन्द्र, १२६ स्वास्थ्यकर्मी र एक हजार २२ स्वयंसेवक परिचालन गरिएको छ । ढुक्कसाथ आफ्ना बालबालिकालाई खोप लगाउन उनले आग्रह गरे ।

जोरायल गाउँपालिका–५ का लक्ष्मी ओलीले भने, “खोप लगाउँदा बालबालिकाको मृत्यु हुन्छ भन्ने हल्लाका कारण कतिपयले खोप लगाउन मान्दैनन्, गलत हल्ला फैलाउनेलाई कारवाही गर्नुपर्छ ।”जिल्लामा आठ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित रहेका बताइएको छ । बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउनका सम्पूर्ण कर्मचारी आ-आफनो कार्यक्षेत्रमा खटिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका अध्यक्ष यज्ञराज जोशीले बताए । उनले भने, “दादुरा–रुवेलाविरुद्धको खोप लगाउन कर्मचारी खटिएका छन्, खोप लगाउन कुनै पनि बालबालिका नछुटुन् भन्ने हाम्रो उद्देश्य हो ।”

त्यस्तै डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा दुई लाख ८४ हजार ७६२ बालबालिकालाई दादुरा-रुवेलाको खोप लगाइने भएको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । उक्त अभियानमा नौ जिल्लामा कूल पाँच हजार २०० खोप केन्द्र र नौ हजार ३०० स्वयंसेवक परिचालन गरिएको बताइएको छ ।