२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी

अ+ अ-

म्याग्दी । हिमाली जिल्ला म्याग्दीको तोरीपानीमा व्यावसायिकरूपमा सतुवा खेती शुरु गरिएको छ ।

दुई वर्षअघि इलामबाट बीउ ल्याएर परीक्षणको रुपमा गरिएको सतुवा खेती सफल भएपछि बेनी नगरपालिका–९ तोरीपानीका सागर बानियाँले व्यावसायिकरूपमा नै सतुवा खेती शुरु गरेका हुन् ।

गतवर्ष सतुवाका ३० हजार बिरुवा बिक्री गरेर रु छ लाख आम्दानी गरेका बानियाँले यस वर्ष तीन टनेलमा डेढ लाख बिरुवा हुर्काएका छन् । ती बिरुवा बिक्रीबाट रु ३५ लाख आम्दानी हुने बानियाँले बताए ।

टिमुरलगायतका विभिन्न किसिमका औषधीय गुणले युक्त बहुउपयोगी जडीबुटी खेतीमा लागाएका बानियाँले दुई वर्षअघि इलाम पुगेर रु एक लाख ११ हजारमा एक केजी सतुवाको बीउ खरिद गरेर ल्याई म्याग्दीमा सतुवा खेतीको शुरुआत गरेका थिए । बानियाँ सतुवा खेती गर्ने जिल्लाको पहिलो कृषक हुन् ।

“टिमुर खेतीसँगै सतुवा खेतीलाई व्यावसायिक रूप दिएको छु, मागअनुसारका बिरुवा पु¥याउन सकेको छैन”, बानियाँले भने । उनका अनुसार नर्सरीमा उत्पादित डेढ लाख बिरुवामध्ये एक लाख बिरुवाको माग काभ्रे जिल्लाबाट, २० हजार बिरुवा बागलुङ र ३० हजार बिरुवा नेपाल रेडक्रस सोसाइटीले माग गरिसकेका छन् । आगामी वर्षदेखि वार्षिक एक करोड सतुवाका बिरुवा बिक्री गर्ने योजना रहेको बानियाँले बताए ।

समुद्री सतहदेखि एक हजार ५०० मिटरको उचाइ भएको क्षेत्रमा सतुवा खेती गर्न सकिने बताउँदै बानियाँले तोरीपानी सतुवालगायतका जडीबुटी खेतीका लागि उपयुक्त भएको र यो खेतीबाट मनग्य आम्दानी गर्न सकिने बताए । बानियाँले पहिलो वर्ष ग्रीनहाउस निर्माण, माटो परीक्षण गरी सतुवाको बीउ ल्याएर लगाएको बताए । उनका अनुसार अहिले सतुवाका बिरुवा खरिद गर्न बाहिरी जिल्लाबाट समेत मानिस आउन थालेपछि नर्सरीमा भीड लाग्न थालेको छ ।

बानियाँले समूहमा आउनेलाई प्रतिबिरुवा रु ३५ र व्यक्तिगतरूपमा आउनेलाई प्रतिबिरुवा रु ५० मा बिक्री गर्दै आएका छन् । बानियाँ सतुवा खेती गर्ने म्याग्दीको एक मात्र किसान हुन् ।