काठमाडौँ। अपांगता भएका व्यक्तिको अधिकार, सम्मान, समानता र समावेशी सहभागिताको महत्त्वलाई उजागर गर्दै ३ डिसेम्बर २०२६ (२०८३ मंसिर १७ गते) का दिन ३५औँ अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइने भएको छ।
यस वर्ष दिवसका लागि अन्तर्राष्ट्रिय नारा “द सिआरपिडी एट ट्वेन्टीः बिल्डिङ अन प्रोग्रेस, एडभान्सिङ द फ्युचर” तय गरिएको छ। यसको नेपाली रूपान्तरण “२० वर्षे सिआरपिडीः प्रगतिको खोजाइछ समुन्नत भविष्यको रोजाइ” रहेको छ।
त्यसैगरी, दिवसका अवसरमा नेपालका लागि राष्ट्रिय नारा “अपांगता समावेशी, पहुँचयुक्त र समतामूलक नेपाल निर्माणको आधारः महासन्धि कार्यान्वयनमा सामूहिक प्रयास यसको पूर्वाधार” तय गरिएको छ।
यस वर्षको अन्तर्राष्ट्रिय नाराले अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (सिआरपिडी) कार्यान्वयनका क्रममा हासिल भएका उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा अधिकार, पहुँच र समानताका क्षेत्रमा थप प्रगति हासिल गर्नुपर्ने सन्देश दिएको छ।
राष्ट्रिय नाराले अपांगता समावेशी, पहुँचयुक्त र समतामूलक नेपाल निर्माणका लागि महासन्धिको प्रभावकारी कार्यान्वयन तथा सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिएको छ।







