११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय

अ+ अ-

हेटौंडा । वाग्मती प्रदेश सरकारले प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको विशेष मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सङ्घीय सरकारले गरेको निर्णयलाई कार्यान्वयनमा उतार्न तथा प्रदेश सरकारका नयाँ योजना बनाउन सो बैठक बसेको जनाइएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको सो बैठकमा आपत्कालीन स्थितिमा परिचालन गर्न आवश्यक जनशक्ति तथा सामग्रीको तयारी अवस्थाका बारेमा छलफल भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । बैठकमा प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रतिकार्यको लागि मातहतका निकाय तयार रहेको जानकारी दिएको उनले बताए ।

आज नै प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिको समेत बैठक बस्ने र कोरोना भाइरससँग सम्बन्धित रहेर ठोस योजना बनाइने कार्यक्रम रहेको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस