२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोर्चुगलमा तीन नेपाली मात्र सङ्क्रमित

अ+ अ-

लिस्बन । पोर्चुगलस्थित गैरआवासीय नेपाली संघका प्रतिनिधिले फारोस्थित क्वारेन्टाइनमा बसेका नेपालीलाई आवश्यक सहयोगसहित भेटघाट गरेका छन् । सहयोग समन्वय समितिका संयोजक एवं एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजङ्ग कुंँवरको टोलीले क्वारेन्टाइनमा बसेका तीन नेपालीसँग भेट गरेका हुन् । उनले आवश्यक सहयोग जुटाउन एनआरएनए पोर्चुगल तयार रहेकाले नआत्तिन आग्रह गरे ।

यस्तै संघका वरिष्ठ उपाध्यक्ष रोशनकाजी थापाले पनि क्वारेन्टाइनमा बस्दै आएका नेपालीसँग भेटी धैर्य गर्न अनुरोध गरेका छन् । “हामी सङ्घका तर्फबाट उनीहरुलाई आवश्यक सहयोग जुटाउन कुनै पनि कसर बाँकी राख्दैनौंँ ।” उनले क्वारेन्टाइनमा राखिएका नेपालीमा सङ्क्रमण नदेखिएकाले उनीहरुलाई स्वास्थ्य जाँचपछि छिट्टै छाडिने बुझिएको जानकारी दिए ।

सहयोग समन्वय समितिका उपसंयोजक दिनेश भण्डारीले कोरोनाको सङ्क्रमणबाट बच्न पोर्चुगलमा रहेका सबै नेपालीलाई घरबाट बाहिर नजान अनुरोध गर्नुभएको छ । यस्तै क्षेत्रिय समिति अलगावका अध्यक्ष अनिल शर्माले पोर्चुगलको राजधानी लिस्बन बाहिर धेरै नेपाली कृषि क्षेत्रमा कार्यरत भएकाले सुरक्षामा ध्यान दिन आग्रह गरे ।

कोरोनाबाट जोगिन दूतावासको आग्रह

नेपालीमा सङ्क्रमण फैलिएपछि लिस्बनस्थित नेपाली वाणिज्य दूतावासले बिरामीको उपचार र क्वारेन्टाइनमा रहेका नेपालीहरुको खानपान, जाँच र सुरक्षामा आवश्यक ध्यान पु¥याइदिन सम्बन्धित निकायलाई पत्राचार र अन्य कूटनीतिक पहल गरिरहेको छ । वाणिज्यदूत मकरबहादुर हमालले सम्बन्धित क्षेत्रका सेफ र जेएनआरलाई सहयोगका लागि अनुरोध भइसकेको जानकारी दिए ।

उनले पोर्चुगलमा रहेका सबै नेपाली समुदायमा आइपर्ने सबैखाले स्वास्थ्य समस्या तथा आकस्मिक विपत्मा सहयोग र परामर्शका लागि कन्सुलेट कार्यालयको मोबाइल नम्बर ९६९१९०९१९ मा सम्पर्क गर्न अनुरोध गरेका छन् । क्वारेन्टाइनमा रहेका नेपालीको अवस्था बुझ्न फारो पुगेका वाणिज्य दूतावासका प्रतिनिधि मोहनकुमार थापाले दूतावासले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

व्यवसायी एवं एनआरएनए पोर्चुगलका पूर्वउपाध्यक्ष कमलमान गुरुङले पहिलोपटक क्वारेन्टाइनमा रहेका नेपालीलाई राहत वितरण गरेका थिए । यो समाचार तयार पार्दासम्म पोर्चुगलमा १४ जनाको ज्यान गएको तथा एक हजार ६ सय जनामा सङ्क्रमण फैलिएको ‘वल्र्डसमिटर’ ले जनाएको छ । सङ्क्रमणबाट बच्न पोर्चुगल सरकारले ‘आपत्कालीन’ घोषणा गरिसकेको छ ।