९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्धारित समयभित्र मध्यभोटेकोशी आयोजना सक्न कठिनाइ

अ+ अ-

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम पछिल्लो पटक तोकेको समयावधिभित्र सम्पन्न हुन कठिनाइ देखिएको छ ।

पटकपटक आग्रह गर्दा पनि आर्थिक सङ्कटका कारण चिनियाँ ठेकेदार कम्पनीले आवश्यक जनशक्ति जुटाउन नसकी पूर्ण क्षमतामा काम हुन नसकेपछि आगामी डिसेम्बरभित्र सम्पन्न हुन कठिनाइ देखिएको आयोजनाप्रमुख डा सुनिलकुमार लामाले बताएका छन्।

चिलिमे जलविद्युत् आयोजनाको अगुवाइमा सन् २०१३ मा शुरु भई सन् २०१६ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य रहेको थियो तर भूकम्प र बाढीले गर्दा निर्धारित समयभन्दा चार वर्षपछि धकेलिएको छ । आयोजनाको कूल सात हजार ११८ मिटर सुरुङमध्ये हालसम्म ६ हजार ६१८ मिटर सकिएको छ । अब बाँकी टनेल १ को ५० मिटर एक महिना र टनेल २ को ४५० मिटर तीन महिनाभित्र सकिने आयोजनाले जनाएको छ ।

हाल विद्युत् गृहको निर्माण कार्य भइरहेको छ भने हेडवक्र्सको काम आगामी बर्खाअगावै सम्पन्न गर्ने आयोजनाले लक्ष्य राखेको छ । आयोजनाको काममा ढिलाइ हुँदा दैनिक एक करोड रुपैयाँ घाटा व्यहोर्नु परेकाले ठेकेदार कम्पनीलाई अबको नौ महिनाभित्र जसरी हुन्छ काम सक्न दबाब दिइएको आयोजना प्रमुख डा लामाले बताए ।

चिनियाँ र नेपाली कामदारबाट काम भइरहेको उक्त आयोजनामा ठेकेदार कम्पनीले आवश्यकभन्दा आधा सङ्ख्याको जनशक्तिमात्र जुटाएको छ । रु १४ अर्ब ५० करोड लागतमा निर्माण भइरहेको आयोजनाको सीभील कार्य चिनियाँ ठेकेदार कम्पनी वाङसी हाइड्रो इलेक्ट्रिक कन्सट्रक्शन ब्यूरो र इलेक्ट्रिकको काम अष्ट्रिया एन्डिज हाइड्रोको भारतीय कम्पनीद्वारा भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोशी आयोजनाका लागि ४०० केभीको प्रसारण लाइन बाह्रबिसेमा सबस्टेशन रहने गरी बाह्रबिसे–लप्सेफेदी प्रसारण लाइनको निर्माण कार्य भइरहेको छ ।

उक्त प्रसारण लाइनको काम समयमा पूरा हुन नसके त्यहाँ उत्पादित विद्युत् र ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादित विद्युत् खेर जाने हुँदा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले हालै स्थलगत निरीक्षण गरी चाँडै सक्न निर्देशन दिइसकेका छन्।

प्रतिक्रिया दिनुहोस