२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनसेलले दोस्रो किस्तावाफत ४ अर्व ६० करोड बुझायो

अ+ अ-

काठमाडौँ । टेलिकम्पनी एनसेलले सरकारलाई बुझाउनु पर्ने दोस्रो किस्ताबापतको रकम बुझाएको छ ।

स्वामित्व खरिद बिक्रीबापतको लाभकरको दोस्रो किस्ताबापत चार अव ६० करोड रुपैयाँ बुझाएको हो ।

ठुला करदाता कार्यालयका प्रमुख कर प्रशासक झलकराम अधिकारीका अनुसार एनसेलले आज चार अर्व ६० करोड रुपैयाँ बुझाएको हो ।

‘दोस्रो किस्ताबापतको रकम बुझाएको हो’, प्रमुख कर प्रशासक अधिकारीले भने, ‘चार किस्तामा बुझाउन गरेको अनुरोधअनुसार पहिलो किस्ता बुझाई सकेकोमा आज दोस्रो कित्ता बुझाएको छ’

यसअघि पहिलो किस्ता पुस १५ मा बुझाएको थियो ।

सम्बन्धित समाचार : एनसेलले ४ अर्व ५० करोड बुझायो

ठुला करदाता कार्यालय बबरमहलका प्रमुख कर प्रशासक अधिकारीले कर चुक्ता नगरे कारबाही गर्ने चेतावनीसहितको पत्र काटेको साता दिन नबित्दै एनसेलले पुँजीगत लाभकरको साढे चार अर्व अर्थात् चार अर्व ५० करोड रुपैयाँ बुझाएको थियो ।

सम्बन्धित समाचार : जसले तिराएरै छाडे एनसेललाई कर

सर्वोच्च अदालतको आदेशअनुसार ठुला करदाता कार्यालयले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापतको लाभकर २२ अर्व ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिन भित्र बुझाउन २२ मङ्सिरमा पत्राचार गरेको थियो ।

ठुला करदाता कार्यालयले पठाएको पहिलो पत्रको समयमै जवाफसमेत नदिएको एनसेलले ‘तोकिएको १५ दिन समय सीमाभित्र कर बक्यौता चुक्ता नगरे कारबाही गर्ने’ ब्यहोराको दोस्रो पत्रपछि किस्ताबन्दीमा तिर्ने भनेको थियो ।

सम्बन्धित समाचार : १५ दिनभित्र सबै कर चुक्त्ता गरिसक्न एनसेललाई ठूला करदाता कार्यालयको पत्र

सर्वोच्च अदालतले मंसिर ५ गते एनसेलको सेयर स्वामित्व खरिद बिक्री भएवापत अब २१ अर्ब १० करोड रुपैयाँ पूँजीगत लाभकर तिर्नुपर्ने फैसला गरेको थियो ।