२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकवर्षे प्रावधानअन्तर्गत मोरङमा २७ कैदीबन्दी रिहा

अ+ अ-

विराटनगर । जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दीमा कोरोनाको सङ्क्रमण फैलिन नदिन विशेष सतर्कता अपनाएको कारागार प्रशासनले जानाएको छ ।

कैदीबन्दीलाई साबुनपानीले मिचीमिची हात धुन र स्यानिटाइजर तथा मास्कको पर्र्याप्त व्यवस्था गरेको कारागार प्रमुख सुभाषकुमार लामिछानेले जानकारी दिए । कैदीबन्दीमा ज्वरो आउँदा स्वास्थ्य जाँच गर्नुका साथै समय–समयमा नियमित स्वास्थ्य जाँच गर्ने गरिएको र स्वास्थ्य सुविधाअन्तर्गत आवश्यक औषधि नियमितरूपमा उपलब्ध गराइएको कारागार प्रशासनले जनाएको छ ।

कैदीबन्दीले पाउने सिदाबापत रकम नियमितरूपमा प्राप्त गर्नुका साथै स्वच्छ हरियो तरकारीका लागि ग्रामीण क्षेत्रबाट नियमितरूपमा आपूर्ति भइरहेकाले कुनै पनि खाद्य सामग्रीको अभाव कैदीबन्दीले व्यहोर्नु नपरेको प्रमुख लामिछानेले जानकारी दिए ।

पचास महिलासहित ३०० कैदीबन्दी क्षमता रहेको कारागारमा अहिले पाँच बालबालिका, ९० महिला र ७९४ पुरुषले कैद सजाय भुक्तान गरिरहेको र अहिलेको अवस्थालाई ध्यानमा राखेर कैदीबन्दीलाई भेट्न आउने मानिसलाई पनि व्यवस्थित गरिएको उनले बताए ।

सर्वोच्च अदालतको फौजदारी कार्यविधिसंहिता दफा १५५ प्रावधानअन्तर्गत गत चैत १२ गतेको बैठकबाट निर्णय गरेअनुसार एक महिलासहित २७ कैदीबन्दीलाई रिहा गरिएको उनले बताए । रिहा भएका कैदीबन्दी बहुविवाह, सवारी ज्यान, लागुऔषध, वन पैदावर, जबर्जस्ती करणी र सरकारी छाप कीर्ते मुद्दामा सजाय भुक्तान गरिरहेका थिए । रासस