२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यार्सा टिप्न रोक : राजस्व प्रभावित

अ+ अ-

मनाङ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको बन्दाबन्दी (लकडाउन) का कारण यार्सागुम्बा टिप्नमा रोक लगाइएको छ ।

यार्सागुम्बा टिप्ने मौसम शुरु भए पनि लकडाउनका कारण यस वर्ष जिल्ला प्रशासन कार्यालय मनाङले यार्सागुम्बा टिप्न रोक लगाएको हो ।

सङ्घीय सांसद पोल्देन छोपाङ गुरुङको अध्यक्षमा जिल्लाका चारवटै गाउँपालिकाका प्रमुखको सहभागितामा बसेको बैठकले यार्सागुम्बा टिप्न जाने बाटो नखोल्ने निर्णय गरेको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए ।

महङ्गो र लोपोन्मोख बहुउपयोगी हिमाली औषधीय जडीबुटी यार्सागुम्बा टिप्ने मौसम भए पनि देश नै लकडाउनको अवस्थामा रहेकाले त्यसलाई टिप्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

सरकारले शारीरिक दूरी कायम गरेर बस्न र जमघट हुने गरी समूहमा नबस्न निर्देश गरेअनुरुप यार्सागुम्बा टिप्न रोक लगाएको नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिए । “यार्सागुम्बा टिप्न जाँदा धेरै भिडभाड हुने र जिल्ला बाहिरबाट समेत यार्सा टिप्नका लागि मानिस यहाँ आउने भएकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्ने हुँदा निषेध गरेका हौँ”, उनले भने, “सरकारको अर्को सूचना नआउँदासम्मका लागि यार्सा टिप्न रोक लगाएको छ ।” यार्सा टिप्न मनाङलगायत गोरखा, लमजुङ, रुकुम, रोल्पा, डोल्पा र धादिङ जिल्लाबाट धेरै मानिस यहाँ आउने भएकाले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर रोक लगाएको अध्यक्ष घलेको भनाइ छ ।

नासो गाउँपालिकाको नाम्के खर्क, डाँफे लेक, चामे गाउँपालिकाको लमजुङ बेसक्याम्प, नार्पाभूमि गाउँपालिकाको चुम्री खर्क, याक खर्क, आइस लेक र मनाङ ङिस्याङ गाउँपालिकाको गुमछाङ, याक खर्क, लेदर, तिलिचो बेसक्यामलगायतका खर्कमा यार्सा पाइन्छ ।

जिल्लाकै राजश्व सङ्कलनमा उल्लेखनीय टेवा पुर्‍याउने यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि आयस्रोतसमेत घाटा हुने देखिएको संरक्षण व्यवस्थापन समिति ९सिएमसी० नासो गाउँपालिकाका अध्यक्ष यादव घलेले बताए । गत वर्ष स्थानीयलाई रु १० देखि १५ हजार पुर्जी काटेर यार्सा टिप्न अनुमति दिइएको भए पनि यस वर्ष टिप्नै नपाइने भएको उनले बताए । “गत वर्ष जिल्ला बाहिर तथा व्यापारीले भने रु २० देखि ४० हजारसम्मको कुपन लिएर यार्सा टिप्ने अनुमति लिएको थियो”, उनले भने ।

वैशाख दोस्रो सातादेखि जेठसम्म मौसमका रुपमा मानिने र अनुमति लिएर यार्सागुम्बा टिप्न जाने गरेको नासो गाउँपालिका–२ का वडाध्यक्ष भीमबहादुर गुरुङले बताए । जिल्लामा यार्सा टिप्नका लागि अनुमति दिँदा स्थानीयवासीलगायत बाहिरबाट आउने मानिसमा कोभिड– १९ को सङ्क्रमण हुन सक्ने र मनाङमा फैलिन सक्ने जोखिम न्यूनीकरणका लागि यार्सा टिप्न निषेध गरिएको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए ।

मनाङको मुख्य आयस्रोतका रुपमा रहेको यार्सागुम्बा टिप्न अनुमति लिएर मात्रै जाने गरेको भए पनि यस वर्ष रोक लगाइएको अन्नपूर्ण संरक्षण क्षेत्रका प्रमुख बाबुलाल तिरुवाले बताए। तालाडाँडा, लार्केपास, चीनको बोर्डरमा पर्ने नार्पाभूमि र थोराङ्ला भञ्ज्याङ यार्सा गुम्बा टिप्न जाने नाका हुन् । रासस