२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाद्वारा हिमपहिरोमा बेपत्ता शवको उद्धार

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाँउपालिका–१ हिङकु केभ इलाकामा गएको हिमपहिरोमा परी बेपत्ता भएका तीन नेपाली गाइड तथा चार कोरियन पर्यटकहरुमध्ये शुक्रबार एक नेपालीको शव उद्धार गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

उक्त हिमपहिरोमा परी बेपत्ता भएकामध्ये एक नेपाली गाइडको शव पहिल्यै फेला परिसकेको र हाल थप एक नेपालीको शव देखिएको हुँदा शव निकाल्न तथा अन्य बेपत्ताहरुको खोजीकार्यका लागि पोखरास्थित सेनाको सेकेण्ड रेञ्जर बटालियनबाट खटिएको उद्धार टोलीले सो शवको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।

खोजीकार्यका लागि आवश्यक इक्युपमेण्ट तथा नेपाल प्रहरीका एक जना प्रतिनिधिसहित शुक्रबार सेनाको हेलिकोप्टरद्वारा घटनास्थलतर्फ गएको उद्धार टोलीले उक्त स्थानमा देखिएको धादिङका मेमबहादुर तामाङ (पोर्टर) को शव र फेला परेका तीन झोलाहरु सो स्थानबाट निकाली प्रहरीको जिम्मा लगाइएको हो ।

हाल सो शवलाई परीक्षणका लागि पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । साथै खोजीमा खटिएको टोलीले उक्त स्थानमा हराइरहेका बाँकी एक नेपाली र चार कोरियालीको खोजी गर्दा हिँउभित्र पुरिएको सम्भावित स्थानमा अझै बाक्लो हिउँ जमिरहेकाले फेला नपरेको हुँदा खोज तथा उद्धारमा खटिएको फौज सोही हेलिकोप्टरमार्फत पोखरा फिर्ता भएको छ ।

नेपाली सेनाले खोज तथा उद्धारकार्यलाई निरन्तरता दिइरहेको र सो सम्बन्धमा अन्य थप जानकारी तथा विवरणहरु प्राप्त भएपछि जानकारी गराइने जनाएको छ ।