२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाटभटेनीले भन्यो -‘प्राविधिक र कानुनी रूपमा गल्ती नै हो, हामी स्वीकाछौँ’

अ+ अ-

काठमाडौँ । भाटभटेनी सुपर मार्केटले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको जरिवानामा आफ्नो गल्ती भएको स्वीकार गरेको छ ।

भाटभटेनीले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘प्राविधिक र कानुनी रूपमा यो गल्ती नै हो भन्ने हामी स्वीकार पनि गर्दछौँ ।’

सम्बन्धित समाचार : बढी मूल्य असुल्ने भाटभटेनीलाई तीन लाख जरिवाना, सक्रियता अझ बढाउँदै विभाग

मुलुककै ठुलो सुपर मार्केटले महामारीका बेला बढी मूल्य लिएको भन्दै चौतर्फी आलोचना भएपछि विज्ञप्ति निकाल्न बाध्य भएको भाटभटेनीले विभागले गरेको जरिवाना स्वीकार गरे पनि त्यसको दोष भने काष्ठमण्डप खाद्य उद्योगलाई दिएर आफ्नो बचाउसमेत गर्न खोजेको छ ।

‘भाटभटेनीले काठमाडौँ महानगरपालिका वडा नम्बर १२ स्थित काष्ठमण्डप खाद्य उद्योगबाट विगत लामो समयदेखि नेवार समुदायमा माग हुने लाखमरीलगायत सामान किनेर आफ्ना आउटलेटमार्फत बिक्री गर्दै आएको छ’ विज्ञप्तिमा भनेको छ ‘लकडाउनकै कारण सीमित तथा बारकोडको विषयमा गहिरो जानकारी नभएका कर्मचारीबाट काम गराउँदा २५० र ५०० ग्रामको ५० वटा लाखमरी प्याकेटमा एउटै मूल्यको बारकोड स्टिकर टाँसिन गएको हामीलाई जानकारी गराएको छ ।’

बारकोड रिडरले पहिचान गर्दा कम्प्युटर प्रणालीमा बढी मूल्य देखिन गई विभागले भाटभटेनीलाई जरिवाना गरेको स्वीकारेको भाटभटेनीले उपभोक्ता ठग्ने अथवा गलत बाटोबाट पैसा कमाउने नियत नभएको दाबी गरे पनि उसको तर्कले कोही पनि भन्न सक्दैन कि २५० ग्राम र ५०० ग्राममा झुक्किएर एउटै बारकोड टाँसियो भनेर ।

मानिलिऔँ टाँस्नेले त झुक्किएर टाँस्यो रे तर बिक्री गर्दा त ५०० ग्राम र २५० ग्रामको प्याकेट हेरेरै थाहा हुँदैन र ? उपभोक्ताबाट पैसा लिँदा नहेरीकन लियो भन्न मिल्ला र ?

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी लकडाउन गरेसँगै व्यापारीहरूले गर्न सक्ने कालोबजारीबारे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग चनाखो बनेको छ । यति गर्दा पनि व्यापारीहरूले बढी मूल्य लिन भने छोडेका छैनन् ।

विपद्मा कालोबजारी गर्ने कसैलाई पनि नछोड्नु भन्ने सरकारको निर्देशनसँगै विभागले ठाउँका ठाउँ कारबाही गर्न थालेपछि धेरै हदसम्म बजार नियन्त्रण भएको छ भने उपभोक्ताहरूले आफूहरू ठगिएको बारे जानकारी दिनेको सङ्ख्या दिनहुँ बढेको छ ।