२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परीक्षा भई सकेको पदपूर्ति नरोकिने, यस्ता छन् लोक सेवा आयोगका ८ निर्णय

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले कुनै चरणको परीक्षा पूर्ण वा आंशिक रूपमा सञ्चालन भएका विज्ञापनहरू रद्द नगर्ने निर्णय गरेको छ ।

सोमबार बसेको आयोग बैठकले विभिन्न ८ वटा निर्णय गर्दै प्रथम चरण, लिखित परीक्षा तथा प्रतियोगितात्मक परीक्षा पूर्ण वा आंशिक रूपमा सञ्चालन भएका विज्ञापनका हकमा स्थिति सामान्य भएपश्चात् बाँकी सम्पूर्ण परीक्षाहरूको नयाँ परीक्षा कार्यक्रम निर्धारण गर्ने जनाएको हो । यससँगै लिखित परीक्षा सम्पन्न भएका र अन्तर्वार्ता कार्यक्रममा प्रवेश गरिसकेका विज्ञापनको हकमा नयाँ कार्य तालिका निर्धारण गरी पछि प्रकाशन गरिने आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले बताए ।

आयोगले दरखास्त सङ्कलन भई सकेका तर कुनै पनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनका हकमा नेपाल सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि परीक्षा कार्यक्रम स्थगन गरिएको जनाएको छ ।

२०७६ फागुन २८ मा प्रकाशित अप्राविधिक खरिदार वा सो सरह पदका लागि भएका विभन्नि विज्ञापनहरुमा दरखास्त लिने कार्य २०७७ जेठ ९ गते शुक्रवार देखि बन्द गर्ने निर्णय भएको छ । साथै दरखास्त बुझाई सकेका तर दरखास्त दस्तुर बुझाउन बाँकी उम्मेदवारहरूका लागि स्थिति सामान्य भएपश्चात् निश्चित अवधि तोकी दस्तुर बुझाउने प्रबन्ध गरिने आयोगले जनाएको छ । नेपाल सरकारबाट अर्को निर्णय भई नभएसम्मका लागि उक्त विज्ञापनहरूको परीक्षा कार्यक्रम स्थगन गरिएको जनाएको छ ।

आयोगको स्वीकृत वार्षिक कार्य तालिका बमोजिम विज्ञापन हुन बाँकी रहेका पदहरूको विज्ञापन प्रकाशनको कार्य हाललाई स्थगन गर्ने निर्णय गरेको छ भने आयोगको आयोगको स्वीकृत वार्षिक कार्य तालिका बमोजिम विज्ञापन हुन बाँकी रहेका पदहरूको विज्ञापन प्रकाशनको कार्य हाललाई स्थगन गरिएको छ ।

न्याय सेवा आयोगका क्षेत्राधिकार भएका न्याय सेवाका पदका विज्ञापनको हकमा स्थिति सामान्य भएपश्चात् नयाँ परीक्षा कार्यक्रम निर्धारण गरिने छ ।

त्यस्तै सुरक्षा निकाय तथा सङ्गठित संस्थाको परीक्षा सञ्चालन सम्बन्धमा पनि दुई बुँदे निर्णय आयोगले गरेको छ । जसअनुसार कुनै पनि चरणको परीक्षा कायृक्रम भई सकेका वा परीक्षा प्रक्रियामा प्रवेश गरी सकेका निकाय तथा संस्थाका लिखित परीक्षा सञ्चालन हुन बाँकीको हकमा स्थिति सामान्य भएपश्चात् नयाँ परीक्षा कार्यक्रम निर्धारण गरी सार्वजनिक गर्ने जनाईको छ ।

सम्बन्धित निकाय तथा संस्थाबाट विज्ञापन प्रकाशन गरिसकेको तर आयोगबाट परीषा कार्यक्रम निर्धारण हुन बाँकी रहेका निकाय तथा संस्थाका विज्ञापनको परीक्षा कार्यक्रम नेपाल सरकारबाट अर्को निर्णय भई नआएसम्मका लागि स्थगन गर्ने निर्णय आयोगले गरेको छ ।