८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्याङ्जा र तनहुँका बासिन्दालाई पाल्पामा छेकबार

अ+ अ-

पाल्पा । स्याङ्जा र तनहुँबाट पाल्पा आएर काम गर्ने कृषक पुलमा लगाइएको छेकबार तथा जिल्ला बन्द घोषणाका कारण मर्कामा परेका छन् ।

धान तथा मकै गोड्ने अहिलेको समय घरनजिकै भए पनि कृषकहरु कालीनदीको पुल तरेर पाल्पा रामपुरको खेतबारीमा जान पाएका छैनन् । खेतबारीमा काम गर्ने समयमा पुलमा छेकबार लगाइएको छ ।

मुलुक बन्दाबन्दी र जिल्ला बन्दले खेतमा सिँचाइ गर्न जाने सहज अवस्था नहुँदा रोपिएको धान खेतमै सुक्न थालेको कृषकको गुनासो छ । ‘यसअघि बन्द गरिएको पुल दुवै जिल्लाका वडा कार्यालय र प्रहरीसँगको समन्वयमा बिहान र बेलुका कृषकका निम्ति बाटो खुला गरिएको थियो । अहिले पुलमा स्थानीय युवा तथा प्रहरी परिचालन गरेर आवागमनमा अवरोध गरिएको छ,’ स्याङ्जा चापाकोट दामाचौरका खगेश्वर कुमालले भने ।

चापाकोट नगरपालिकादेखि गएर रामपुर नगरपालिकाको खेतबारीमा काम गर्ने करिब ३० कृषक छन् । चापाकोट, दामाचौर र रामपुर प्याक्लुकघाट जोड्ने झोलुंगे पुलमा छेकबार लगाउँदा कृषकलाई निकै समस्या छ । ‘खेतमा मकै गोड्ने, हिउँदे धान गोड्ने चटारो छ, बिहानैदेखि बाँदरसमेत लाग्‍ने क्षेत्र हुँदा मकै कुर्न जान पाइँदैन, पुलमा बार छ,’ कुमालको गुनासो छ ।

कालीगण्डकीमा ट्युब चलाई खेतमा पानी लगाउन जान आँट गर्न नसकिएको अर्का कृषक चन्द्रबहादुर कुमाल बताउँछन् । ‘खेतमा केही घोगा हाल्न थालेका मकै बाँदरले नष्ट पार्ने भो, धान रोपेको खेत सुकेको छ, लौन कसले सहयोग गर्ला,’ उनले भने ।

स्याङ्जा र तनहुँमा बसोबास भएका तथा पाल्पा रामपुर र बगनासकाली क्षेत्रमा खेतबारी भएका कृषक धेरै छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट पाल्पा बगनासकालीमा घरगोठ भएर बसेका करिब १२ कृषक छन् । बगनासकाली गाउँपालिका ७ फाँटमा आएर कृषि काम गर्नेलाई पुल तरेर आउनजान समस्या छ । तनहुँ घिरिङ गाउँपालिकाका गजरकोट, पुट्टार र रामपुर स्याउलीबजार जोड्ने गरी कालीगण्डकीको झोलुङ्गेपुलमा लगाइएको बारले पनि घर र गोठ वारिपारि भएका कृषकको दैनिकी कष्टकर बनेको छ ।

तनहुँ, पुट्टारमा घर र रामपुर पीपलडाँडामा गोठ भएका कृषक सन्तबहादुर श्रेष्ठ गाईभैंसीलाई कुँडो, घाँसपराल दिन आउन(जान समस्या भएको गुनासो गर्छन् । ‘पुलमा बार छ, जसोतसो बेलुका र बिहान आएर दिनभर फर्केर आउन पाइँदैन, वस्तुभाउ फुके, लडे र खान नपाए पनि हेरचाह गर्न समस्या छ,’ उनले भने ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भने विभिन्‍न बहानामा आवातजावत गर्न नपाइने तर कृषि कार्यका लागि एक–एकजना खेतमा आउने–जाने व्यवस्था मिलाइएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालय पाल्पाका सूचना अधिकारी यज्ञेश्वर पन्थीले खेतीपाती एवं कृषि कामका लागि कोहीकसैलाई प्रतिबन्ध नलगाइएको र यदि यसो भएका भए स्थानीय सरकारले व्यवस्थापन मिलाउनुपर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस