२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यान्सर पीडित दम्पतीको पीडा : श्रीमान् बिते, श्रीमती बेडमा, छोराछोरीको बिचल्ली

अ+ अ-

काठमाडौँ । ५७ वर्षीय बैना बहादुर खड्का क्यान्सर रोगका कारण केही दिन अघि यो संसारबाट बिदा भए । श्रीमती, छोरा र छोरीसहित कोटेश्वरमा बस्दै आएका खड्काको निधनपछि उनकी श्रीमती ४६ वर्षिया सुमित्रा खड्का पनि क्यान्सरकै पीडामा घरमा छट्पटाईरहेकी छिन् ।

सिन्धुपाल्चोक ज्यामिरा १ घर भई कोटेश्वरस्थित एउटा स्टोरमा स्टोर किपरका रूपमा काम गर्दै आएका खड्का दम्पती दुवै जना क्यान्सरसँग सङ्घर्ष गर्दै छोराछोरीको सुन्दर सपना पुरा गर्न तल्लीन थिए । यसैबिच घर मुलीको क्यान्सरकै कारण निधन भयो । श्रीमती क्यान्सरकै पीडामा छट्पटाईरहेकी छिन् भने छोरा र छोरीमाथि यति बेला सही नसक्नु पीडा थपिएको छ ।

छोरा राजीव खड्का यति बेला २६ वर्षका भए । चार्टर एकाउन्ट अध्ययनरत राजीव बुवाको किरियामा छन् भने बिबिएस अन्तिम वर्षमा पढ्दै गरेकी २१ वर्षिया छोरी रस्मिता खड्का बाबाको अचानक मृत्यु भएपछि बेहोस बनेर अस्पतालको बेडमा छिन् । दयनीय आर्थिक अवस्थामा गुज्रेको यो परिवारमाथि दैव पनि निष्ठुरी बनेको छ ।

दुई बर्षअधिदेखि कोलोन क्यान्सरबाट पीडित सुमित्रा अगाडि दुईवटा ठुला चुनौतीका पर्खाल खडा भएका छन् । एक चौथो स्टेजमा रहेको क्यान्सरसँग लड्नु पर्ने र अर्काे आफ्ना दुई सन्तानको पालन पोषण र शिक्षा दीक्षा । यी दुवै चुनौतीलाई पार लगाउने अवस्था उहाँमा छैन । तर गर्ने के त ? चुलो बाल्नै पयो । काठमाडौँको महँगी, कोठा भाडा, छोराछोरीको स्कुल कलेजको फिस अनि आफ्ना लागि औषधि । कहालीलाग्दो छ उहाँको अहिलेको पारिवारिक अवस्था ।

‘भगवान् छैनन् जस्तो लाग्छ’, श्रीमान् गुमाउँदाको पीडाका बिच कापेको स्वरमा उनले भनिन्, ‘सारा अन्धकार भयो, अव के गरी बाँच्ने ?’

दुई वर्षदेखि उपचारका लागि मुम्बई एक अस्पतालमा जाने आउने गरिरहेकी सुमित्रा केमोका भरमा बाँचिरहेकी छिन् । आफू जीवन मरणको दोसाँधमा रहनु अनि छोरा छोरीको अन्य कोही सहारा नहुनुले उनलाई आजका दिन धेरै दर्दनाक, पीडादायी र जटिल बनिरहेका छन् ।

सम्पत्तिका नाममा गाउँमा रहेको एक दुई रोपनी र आखोपाखो बारीबाहेक अरू केही छैन । श्रीमानको मृत्युपछि घर न थर कि झैँ भएकी पीडित सुमित्रा अचेल दयाको भिख मागिरहेकी छिन् ।

बिरामी शरीर लिएर श्रीमान् गुमाउँदाको पीडामा आफूले आफैलाई सम्हाल्न नसकिरहेकी सुमित्रा अहिले एकोहोरिएकी छिन् । बाबुको किरियामा बसेका राजीव अन्योलमा छन् । गुरुले जे भन्यो त्यही गर्दै छन् । तर किरियाकर्म सकेपछि के गर्ने कहाँ जाने ? आमाको उपचार, खाने बस्ने प्रबन्ध अनि आफ्नो र बहिनीको पढाई जस्ता मनोप्रश्नले खडा गरेको कहालीलाग्दो दृश्य अगाडि उनी छन् ।

स्थानीय समाजसेवी र छिमेकीहरूको सहयोगमा किरिया खर्च जुटाएका खड्का परिवार अहिले साँच्ची नै दयाको भिख मागिरहेका छन् । जसले यो सङ्कटबाट पार पाउन सकियोस् । राजीव भन्छन् ‘बाबाको प्राण गएपछि आत्तिएका हामीलाई चौथो चरणको क्यान्सरले ग्रस्त आमाले शान्तवना दिँदै धेरै पिर नगर म छुँ भन्नुभयो, यो सम्झेर आँशु’ थाम्न सकेको छैन ।’