२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक स्थानमा जाँदा कपडाको भए पनि मास्क लगाउन डब्ल्यूएचओको निर्देशन

अ+ अ-

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले सार्वजनिक स्थानहरुमा जाँदा कपडाकै भएपनि मास्क लगाएर जान सुझाव दिएको छ । मास्क लगाउँदा एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना फैलिन नपाउने भन्दै आम मानिसलाई डब्लुएचओले नयाँ सुझाव सल्लाह दिएको हो ।

मास्कले कोरोना जोखिम बढ्न नपाउने डब्लुएचओको दाबी छ । विगतमा मास्कले संक्रमणलाई रोक्न सक्छ भन्ने कुनै पर्याप्त प्रमाण नभेटिएको र अहिले मास्कले नै जोखिमबाट बचाउन सहयोग गरेकोले सबैलाई मास्क प्रयोग गर्न सुझाव दिएको छ । मास्क लगाउन्दा सम्भावित सङ्क्रामक छिटालाई एक व्यक्तिबाट अर्कोमा सर्नमा अवरोध हुन्छ ।

यो नियमलाई विश्वका धेरै देशहरुले लागू गरिसकेका छन् ।

डब्ल्यूएचओकी प्राविधिक विज्ञ डा. मारिया भान कर्खोभले सर्वसाधारणलाई ‘मेडिकल मास्क नभई कपडाको मास्क लगाउन सुझाव दिएकी छन् । उनले भनिन्,‘हामी सरकारहरूलाई आम मानिसलाई मास्क लगाउन प्रेरित गर्न अनुरोध गर्छौँ ।’

मास्कको प्रयोगलाई सङ्क्रमण रोक्ने विभिन्न उपायमध्ये एक उपाय मात्र भएको भन्दै डब्ल्यूएचओले यसले मानिसहरूलाई गलत तरिकाबाट ढुक्क भने पार्न नहुने बताएको छ। ‘मास्क मात्रैको प्रयोगले कोभिड–१९ बाट जोगाउँदैन’ डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रस एडहानोम गेहब्रेयससले भने।

यस्तै डब्लुएचओले सार्वजनिक सवारीसाधन वा पसल वा शरणार्थी शिविर जहाँ सामाजिक दूरी सम्भव हुँदैन त्यहाँ घरेलु मास्ककै भए पनि प्रयोग गर्न सुझाव दिइएको छ।

तर साठी वर्षभन्दा माथि उमेरका मानिसहरू जसलाई अन्य रोग पनि छ तिनले मेडिकल स्तरकै मास्क प्रयोग गर्न उचित हुने पनि डब्ल्यूएचओको भनाइ छ ।