२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना महामारीलाई अवसरमा रुपान्त्रण गर्ने मौलिक विकल्प

अ+ अ-

विदेशमा रहेका कोरोनाको मार र त्रासमा रहेका नेपाली र तिनका नेपालमा रहेका घरपरिवार र आफन्तलाई आश्वासन दिने क्रममा माननीय परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले टिभीमा दिइएको अन्तरवार्तामा  भन्नु भयो ‘अहिले विदेशमा रहेका सबै नेपालीलाई स्वदेशमा ल्याइहाल्ने परिवेश बनिसकेको छैन । मैले दुतावारहरुमा सम्पर्क गरिरहेको छु । कुनै मुलुकले पनि आफ्नो नागरिक र अर्कोको नागरिक भनी भेदभाव गरेका छैनन् ।’ यसले धेरैको मन शान्त पारेको छ । हाम्रो भन्दा उतै उपचार पनि राम्रो होला । खानै नपाएर मरिने अवस्था पनि पक्कै आउने छैन । अहिले प्रधानमन्त्री र अरू मन्त्रीहरूका नाना थरिका अस्वाभाविक र नकारात्मक टिका टिप्पणीहरू सञ्चार माध्यमहरूमा छताछुल्ल भई रहेको वेला मुलुकको अभिभावककै रूपमा जिम्मेवार बनी ‘म निरन्तर निगरानीमा छु । राजदुताबासहरुको सम्पर्कमा छु’ मन्त्रीज्यूले भन्नु स्वाभाविक पनि हो र खुसीको कुरा पनि हो ।  विशेष विमान मार्फत विदेश हुनु भएका नेपालीहरू भित्रिँदै पनि गर्नु भएको छ । सो देश र विदेश जहाँ भए पनि हामी सुरक्षित रहने कोसिस गरौँ । गरिरहेको छौँ । यही प्रार्थना छ ।

सँगसँगै कोरोनाकै महामारीका वेला कतिपय विदेशी मुलुकले भनिसके ‘अव हामी भिसा थप्दैनौँ ।’ दुःख पर्दा सहयोग गर्ने मानवीय कर्तव्य हो । मन्त्री ज्यूले भने झैँ नागरिक र अनागरिक बिच स्वास्थ्य उपचारमा पक्षपात नगरेर सहयोग गरे । मन्त्रीले सबैलाई स्वदेशमा ल्याइहाल्ने वेला भएको छैन भन्ने, हामी सँग क्षमता पनि छैन भन्नु अस्वाभाविक जस्तो लाग्दैन। उता भिसा थप्न सकिँदैन भन्ने, अर्कोतर्फ कतिपय समाचाहरुले त्यहाँ गएका नेपालीको जागिर चट भई सक्यो भन्ने र विदेशमा रहेका नेपाली, तिनका घरपरिवार आफन्त अतालिएको अवस्था जस्ता कारणले करिब ५० लाखको सङ्ख्यामा विदेशमा रहेका नेपाली धेरैजसो नेपालमा फर्कनु पर्ने अवस्था अनुमान मात्र होइन अनिवार्य नै देखिन थालेको छ । विदेशीले स्पष्ट भनिसके ‘तिमीहरूलाई सधैँ पाल्न सक्दैनौ ।’

करिब चार वर्ष जति पहिलाको कुरा हो । बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा एउटा प्राविधिक तथा व्यवशायिक शिक्षा सम्बन्धी परियोजना सुरु भएको घोषणा कार्यक्रम प्रमुख अतिथि वक्ता तत्कालीन शिक्षा सचिव विश्वप्रकाश पण्डितले नेपालको कर्णाली अञ्चलमा मात्र ३० लाखले काम पाउने राम्रो कमाइ गर्ने क्षमता हामीसँग छ । ‘हामी १५.२० हजार तलबका लागि अरब भासिएका छौँ । विज्ञले यो विषयलाई विचार गर्न पर्‍यो’ पटक पटक त्यो कुरा दोहोर्‍याइनु भयो । ३० हजार त ठिकै होला किन पटक पटक ३० लाख भन्छन् भन्ने मनमा लागि रह्यो । वहाँको भनाइमा संवेदना मिसिएको भान हुन्थ्यो । त्यो विषय मन मस्तिष्कमा बसी रह्यो । यी मानिसले किन त्यसो भन्छन् ।

राजनीतिक दलका नेताले जस्तो जे पनि बोल्न त भए नि भन्ने कुरा मनमस्तिककामा लिदैं रहेँ । त्यो दिनको बेलुकीको खाना पनि त्यही फुडल्याण्डमा थियो । सचिव ज्यू रिसाए रिसाउनु हुन्छ । भोलि भेटघाट हुनु नै छ । ‘हजुरले पटक पटक दोहोर्‍याएको विषय बुझिएन’ भन्छु र नेताले जस्तो जथाभाबी नबोल्न अप्रत्यक्ष सङ्केत गर्न पर्‍यो भनी केही आधार खोज्न थालेँ । केही सूचनाका आधारमा यो कुरा राख्न पर्‍यो भन्ने निधो गरेँ । कम्प्युटरमा गुगल चहार्न सुरु गरेँ । त्यो दिनको रात भुसुक्कै बितेछ । रात भरिको कामको परिणाम आफैलाई पत्यार नलाग्ने निस्कियो । फेरि अर्को दिनको बेलुकी एक छिन हेरेँ । मज्जा लाग्यो । लेखेका कुरामा कुनै संशोधन गर्न सकिन । झिक्न पनि सकिन । थप गर्न पनि सकिन । विश्वास नलागी नलागी पण्डित सर लगायत मेरा मान्यजन, शुभ चिन्तक र गुरुहरू केही व्यक्तित्वहरूलाई जानकारी गराएँ र त्यस लिखतलाई गलत साबित गर्न समेत आग्रह गरेँ। आग्रह गरेर पठाएको विषयवस्तु तल जस्ताको तस्तै प्रस्तुत छ :

इमेलमा पठाएको मिति Dec 18, 2015 at 8:33 PM
तपाइले तलको कुरालाई होइन भन्ने प्रमाणित गर्नुहोस् त अनि मज्जाले छलफल गरमला or see attached doc

डोल्पामा स्याउ खेती

पहिलो कुरो
डोल्पा जिल्लाको जम्मा क्षेत्रफल ७८८९ वर्ग कि मी वर्ग मिटरमा लग्दा जम्मा ७८८९०००००० वर्ग मिटर
५०८.७४ वर्ग मिटर बराबर १ रोपनी हुन्छ
७८८९०००००० वर्ग मिटर बराबर १५५०६९३९ रोपनी भयो
डोल्पामा जम्मा २ प्रतिशत जमिनमा खेती गर्न सकिन्छ 310138.8 रोपनी जग्गामा खेती गर्न सकिने भयो

दोस्रो कुरो
यदि हामीले व्यवशायिक रूपमा खेती गर्ने हो भने, ४ वर्ग मिटरमा एउटा स्याउको रुख मज्जाले हुन्छ¸ त्यसोभए एक रोपनीमा १२७ (५०८.७४ लाई ४ ले भाग गर्दा १२७) रुख हुने रहेछन् ।
१ बोटमा ५०० किलो फल्छ ल मानौँ १०० किलो मात्र फल्यो भने पनि एक रोपनीमा १२७ ले १०० लाई गुणन गर्दा १२७०० किलो फल्छ
एक केजीको रु १०० (यति त अवश्य पर्ला त) मा बेच्दा रु १२७०००० (लाख सत्तरी हजार) पर्ने भयो
310138.8लाई १२७०००० ले गुणन गर्दा 3,93,87,62,43,268 (करिब चार खरब)

कुराको चुरो के ?
माथिको कुरा सत्य हो भने (बरु गल्ती भएको छ कि गणितीय र अन्य पक्षबाट एक पटक घोत्लिएर हेरौँ त) र हामीले व्यवशायिक रूपमा खेती गर्ने हो भने डोल्पामा एक वर्षमा करिब चार अर्व दाम कमाइ हुँदो रहेछ,जुन हाम्रो यस वर्षको करिब आधा बजेट हो ।

तर कुराको चुरो त्यसो होइन होला ?

यदि त्यसो नै हो भने !!

एक रोपनी जग्गामा एक जना ले मज्जाले स्याउ खेती गरे भई हाल्यौ नि अरब मुलुक किन जाने अर्व यही कमाइने रहेछ ।
एक जनाले एक रोपनीमा खेती गरे रु १२७०००० (बाह्र लाख सत्तरी हजार),आधा लगानी नै भए छ भने, छ लाख त कहीँ नजा ?
अझ कुरो त अर्को छ । तीन लाख भन्दा बढीले त्यही जिल्लामा रोजगार पाउने भए ? त्यसैले पनि माथिको कुराको चुरो मिलेन भन्ने लाग्छ तर कहाँ के मिलेन ? जादु जस्तो पजल ग्याम जस्तो भयो
माथिको कुरो मिलेकै हो भने त, जुम्ला लगायतका पाँच छ जिल्लामा (अरू जिल्लामा डोल्पा भन्दा धेरै रोपनीमा खेती गर्न सकिन्छ) करिब तीस पैँतिस लाख लाई रोजगारी हुने भयो । हाम्रा विदेश गएका मानिस त्यति नै होइनन्!

 यसैलाई सत्य मान्ने हो भने¸ अब के गर्ने ? छलफल गरौँ

सङ्घीयतामा जाँदा सङ्घले के गर्ने ? प्रदेशले के गर्ने ? स्थानीय तहले के गर्ने ?
विश्व बैङ्क र हामी जस्ता तथ्यांकीय खेलमा रमाउने प्रोजेक्टवलाले के गर्ने ? सिटिइभिटिले के गर्ने ? मन्त्रालयले के गर्ने ?

यसमा जोखिम के छ ?

अनुभवको जोखिम थाहा छैन । किन कि कल्पना गर्ने अल्लारेसँग के को अनुभव हुनु । शस्त्र अध्ययनले असिना आउँछ रे । त्यसैले खेतीमा निश्चितता छैन रे । उपाय जाली हाले भई हाल्यो त १२ लाख कमाइन्छ भने ५० हजारको जाली हाले भई हाल्यो ।
अरू पनि जोखिम पक्कै छन् । कार्यक्षेत्रमा बुझ्न पर्छ, छलफल गर्न पर्दछ ।

(यसैलाई बहसको विषय बनाऊ, केही गुदी कुरा आउँछ कि ?)

यस विषयमा नकारात्मक टिप्पणी केही आएन । प्रतिक्रिया सबैजसोले दिनु भयो । सबैको प्रतिक्रियाको निचोड थियो । हामी अलि धैर्य गरेर र विचार गरेर काम गर्दैनौँ । तत्कालको फाइदा हेर्छौँ । दीर्घकालका लागि कसैले पनि नहेर्ने । हेर्दैनौँ । यो विषयले मलाई पिरोली रह्यो । नेपालका सबै जिल्ला पुग्ने उद्देश्य पुरा हुन हुम्ला जिल्ला र डोल्पा जिल्ला बाँकी थियो । यो विषयका बारेमा थप जानकारी पनि हुने आफ्नो उद्देश्य पनि पूरा हुने । चाँजोपाँजो मिलाएर त्यतातिर लागेँ । मौसमका कारणले डोल्पाबाट चाँडैने फर्किन पर्‍यो । हुम्लामा मौसम कै कारणले धेरै रोकिन पर्‍यो । हामी करिब एक हप्ता त्यहाँ बस्यौँ । कृषि विज्ञ, स्थानीय किसान र अन्य सरोकारवलासँग पनि भेटघाट गरियो । मेरो बुझाइ र लेखाइमा दुई तीन कुरामा भिन्नता देखियो । पहिलो चार वर्ग मिटर होइन रहेछ एउटा स्याउको बोटलाई छ वर्ग मिटर क्षेत्रफल चाहिँदो रहेछ । यो कृषि विज्ञले कायम गरेको स्तर रहेछ ।

असिना सबै भन्दा ठुला जोखिम भनेको स्थानीय किसानहरूले असिना आएर खासै नोक्सान हुँदैन  बरु घरपालुवा जनावर (स्थानीय भाषामा डिया) ले बिरुवा हुर्कन दिँदैन भने । यो कुरा कृषिका कर्मचारीबाट पनि साबित भयो । सामान्यतया एउटा रुखमा धेरै स्याउ फल्यो भने । झारेर थोरै मात्र राख्न पर्ने हुन्छ । असिनाले एकापट्टिको (माथि तिरको) झारे पनि बाँकी रहेको हुन्छ । राम्रो त होइन तर मूल समस्या होइन । व्यवशायिक भावनाको विकास हुन नसक्नु नै प्रमुख समस्या हो भन्ने कृषिका कर्मचारी र विज्ञको भनाइ थियो । वहाँहरूको भनाइ थियो ‘हामी पनि जागिर खान्छौँ । किसानहरू पनि निर्वाहमुखी परम्परागत कृषि पद्धतिलाई परिवर्तन गर्न चाहनु हुन्न’ तेस्रो उनीहरूबाट सिकाइ के भयो भने कम्तीमा चार वर्ष कुरे पछि मात्र स्याउ फल्न सुरु गर्छ त्यति वेलासम्म कुर्ने धैर्यता नै हुँदैन । ती स्याउका बोट लगाए पछि त्यसको वरिपरि खेती त हुन्छ तर उत्पादन घट्दै जान्छ ।

सिँचाइको समस्याका कुरा पनि आए । हिउँदमा पनी नहुँदा राम्रोसँग बोट हुर्कन पाउँदैन । पानीका स्रोतहरू त छन् । धेरै टाढाबाट कुलो खनेर ल्याउन खर्चिलो हुन्छ जस्ता कुरा जानकारीमा आयो । त्यसको विकल्प ओखर खेती हुन्छ । व्यवशायिक खेतीका लागि ओखर झनै राम्रो हुने कुरा पनि स्थानीय र कृषिका मानिसले बताए । हुम्लाको मानसरोवर माध्यमिक विद्यालयमा कृषि धारको प्राविधिक शिक्षाको पठनपाठन सुरु गरिएको रहेछ । विद्यालयमा निकै गमेर हर्ने र छलफल गर्ने काम भयो । कृषिसम्बन्धी पठनपाठनको स्थानीय उत्पादनसँग केही सम्बन्ध देखिएन । कृषिका विद्यार्थी खासै प्रयोगात्मक सिकाइ गरिरहेको पनि देखिएन । कृषि शिक्षक नपाएको हैरानी विद्यालय व्यवस्थापनको गुनासो थियो ।

मेरो त्यो यात्रा हुम्लामा जबरजस्त योजना भन्दा धेरै दिन र डोल्पाबाट तुरुन्तै फर्कन परेको भए ता पनि सिकाइका दृष्टिकोणले निकै महत्त्वपूर्ण रह्यो । निकै सन्तुष्ट भएर फर्केँ । पहिलो, कुरा नेपालका सबै जिल्लामा पुग्ने र ती जिल्लाको सामान्य अवस्थाका बारेमा जानकारी लिने रहर र उद्देश्य पूरा भयो । दोस्रो, मैले गुगल चहारेर र सामग्री अध्ययन गरेर विल्कुलै भिन्न विषयमा तयार गरेको (माथि प्रस्तुत) विषयवस्तु काल्पनिक कहानी जस्तो भएको रहेन छ । सत्यताबाट धेरै टाढा रहेन छ ।

कुराको चुरो के भने हामीसँग क्षमता छ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ । लागिपर्ने हो भने व्यापक उत्पादनको सम्भावना छ । सरकार (सबै तहका सरकार) ले पूर्वाधार विकास, व्यवशायिक क्षमताको विकास र जोखिम न्यूनीकरणका (बिमा लगायतका विषयमा) मसिनोसँग विश्लेषण गरेर सहयोग गर्ने । किसानहरूले अव अरू देशमा गएर हुने रहेन छ । हाम्रो अन्तिम विकल्प यही रहेछ भनी परम्परागत पद्धतिमा नयाँ मूल्य थप्दै जाने । जुन किसानलाई साह्रै ठुलो मर्का छ । बिहान बेलुकीको छाक टार्न गाह्रो छ । त्यहाँ स्थानीय सरकार सहयोगी हुने हो भने हामीले हाम्रै मौलिक तरिकाको विकास गर्न सक्छौँ ।

हरेक मानिसले आफ्नो सरल र सहज जीवनको अभ्यास सुरु गर्न पर्ने वेला आएको छ । धेरै धनी हुने सपनाले मानिस सुखी हुने रहेनछ । धनी मुलुकमा अहिलेको कोरोनाको झनै ठुलो त्रास देखियो । तिनै धनी मुलुकमा सबै भन्दा बढी आत्महत्या हुन्छ । पारिवारिक सम्बन्धमा विमेल त्यही बढी छ । हालका हामीले सम्पन्न र राम्रा भनेका मुलुकका पचास प्रतिशतसम्म श्रीमान् र श्रीमती बिचमा सम्बन्ध विच्छेद भएको तथ्य भेटिन्छ । समाजसास्त्रका विज्ञहरू भन्छन् त्यस्ता देशका अधिकांश नागरिक तनावमा हुन्छन् । त्यसैले आत्मा हत्याका घटना बढी हुन्छन् । अव हामी सबै तिरबाट हाम्रै गाउँमा जम्मा हुँदै छौ र भई रहेका छौ । सबैतिरबाट आर्जन गरेको अनुभव, ज्ञान, सीप, प्रविधि र पुँजीको उपयोगको हाम्रै स्थान विशेषका मौलिक उपाय पहिचान गरी यो कोरोनाले ल्याएको दुखलाई अवसरमा रुपान्त्रण गर्न सकिन्छ कि ?

माथिको मेरो अनुभव राख्दै एक जना उच्चपदस्थ कृषि मन्त्रालयका विज्ञसँग गन्थन गरेँ । वहाँसँग कर्णाली अञ्चलमा बसेको लामै अनुभव रहेछ । हल्याण्डवाट मास्टर्स पूरा गर्नु भएको रहेछ । वहाँले अनुभव सुनाउँदै भन्नु भयो ‘मैले हल्याण्ड बस्दा जति गाईको फर्ममा काम गरेँ, त्यति मात्र गर्ने हो भने हामी कहाँ पुग्ने थियौँ, कहाँ ।’ सुनाउँदै जानुभयो ‘विदेशीहरू त्यसै धनी भएका होइन रहेछन् । व्यवशायिक्ता भनेको त्यो हो ।’ वहाँको पछुताएको कथन थियो । ‘हामी न गर्न सक्यौँ । न गराउन सक्यौँ ।’

बन्दाबन्दी सुरु भए पछि दिनको केही घण्टा पढ्न छाडेको छैन । केही समय ध्यान गरेर गम्ने काम पनि गरिरहेको छु । मेरो अहिलेको जागिरे काममा धेरै विदेशीले सहयोग गरेका परियोजना र विकास सहयोग दाताहरूसँग सम्पर्क हुन्छ । विद्यालय कसरी र कहिले खोल्ने कुरा हुन्छ । बालबालिकाको पठनपाठनलाई कसरी निरन्तरता दिने कुरा हुन्छ । ठिकै हो । बेरोजगारी र खानाको समेत जोहो गर्न नसक्नेका लागि त पढाइ दोस्रो प्राथिमक्तामा पर्छ भन्ने सोचमा पुगिन्छ । चिन्तन हुन्छ, चिन्ता लाग्छ र मन खिन्न हुन्छ । यसरी भिन्न दृष्टिकोण मनमा उत्पन्न हुन्छ । हरेक कुराको लागि समय आउँछ भनेजस्तो अव हामीमा वेला आएको हो कि ?  माथिको उदाहरण त एउटा सन्दर्भमात्र हो । त्यस्ता कति होलान् कति होलान् । जसले हामीलाई मौलिक रूपमा अग्रसारित हुन मद्दत गर्नेछ । अबको बहस र कर्म यता तर्फ लाग्न पाए हुन्थ्यो भन्ने अन्तरआत्ममा अभेद्य दृष्टिको उब्जिरहेको छ ।

(यो लेखका पंतिकार डा. काफ्ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विकास सहायता समन्वय शाखाका प्रमुख हुन)