२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रालयबाहेकका कर्मचारीलाई सिंहदरवारमा प्रवेश रोक !

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले सरकारी कर्मचारीहरूलाई नै सिंहदरवारमा प्रवेशमा कडाइ गरेको छ ।

ठुलो सङ्ख्यामा उपस्थित प्रहरीहरूले सिंहदरवारभित्रै कार्यरत कर्मचारीबाहेक अन्य सरकारी कर्मचारीलाई मूल गेटबाटै प्रवेशमा रोक लगाएको हो ।

संसद्को राज्य व्यवस्था समितिले सोमबार पारित गरेको संघीय निजामती सेवा ऐनसम्बन्धी विधेयक कर्मचारीकै हित विरुद्ध भएको भन्दै सिंहदरवारभित्रै आन्दोलन चर्काउने कर्मचारीको उद्घोषपछि सरकारले ठुलो सङ्ख्यामा प्रहरीहरू परिचालन गरेर आन्दोलन हुन नदिन कर्मचारी प्रवेशमा नै रोक लगाएको हो । ठुलो सङ्ख्यामा रहेका राजपत्र अनङ्कित प्रथम श्रेणीका कर्मचारीको भावना विपरीत र योगदानको अवमूल्यन गर्दै मनोबल कमजोर बनाउने गरी ऐन ल्याएको भन्दै नासुहरूले मंगलवार(हिजो) मात्रै सिँहदरवारभित्रै प्रदर्शन गरेको थिए भने दिउँसो मात्रै असन्तुष्ट अधिकृतहरूको भेलाले बुधवार(आज) सवा ९ बजे सिंहदरवारभित्र विशाल आन्दोलनको तरंग ल्याउने भन्दै ‘निजामती सेवा संरक्षण संघर्ष समूह’ गठन गरेका थिए ।

सम्बन्धित समाचार : नासुहरूद्वारा सिंहदरवारमा आन्दोलन

सम्बन्धित समाचार : सिंहदरवारका अधिकृत आन्दोलित : गिराएर मनोबल, कस्तो खोजेको प्रतिफल !

तर हिजो राति नै निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरूसँगको छलफलका क्रममा सबै कर्मचारीहरू ट्रेड युनियनकै नेतृत्वमा सामूहिक आन्दोलनमा जाने तयारीमा रहेको एक कर्मचारीले बताएका छन् ।

आन्दोलन हुन सक्नेभन्दै अन्य कर्मचारीलाईसमेत सिंहदरवार प्रवेशमा रोक लगाएपछि सरकारी कामका लागि आएका अन्य कार्यालयका कर्मचारीहरूसमेत प्रवेश गर्न पाएका छैनन् ।