काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित संघीय निजामती कर्मचारी विधेयकको विरुद्धमा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई ज्ञापन पत्र बुझाएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको विधेयक कर्मचारीको हित विपरीत भएको भन्दै युनियनका कार्यवाहक अध्यक्ष भोला पोखरेलसहितको टोलीले अध्यक्ष तिमिल्सिनालाई बुझाउँदै कर्मचारीका मागहरूलाई समयमै सम्बोधन नगरे आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन् ।







