७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थाहा नगरपालिकामा तीन लाख लिटर दूध उत्पादन

अ+ अ-

टिस्टुङ । आर्थिक वर्ष २०७६/७७ मा मकवानपुरको थाहा नगरपालिकामा दुई लाख ९३ हजार लिटर दूध उत्पादन भएको छ । नगरपालिकाभित्र पकेट क्षेत्रमा रहेका पशुपालक कृषकले डेरी तथा दूध सङ्कलन केन्द्रमा बिक्री गरेको दूध परिमाणका आधारमा नगरपालिका पशुसेवा शाखाले यो तथ्याङ्क सार्वजनिक गरेको हो ।

नगरका घर्तीखोला, फाँटबजार, थाना बजार, ओखर बजार र बज्रबाराही क्षेत्रका ३०६ कृषकले पालेको गाईभैँसीबाट दुई लाख ९३ हजार ७२ लिटर दूध उत्पादन भएको थाहा नगर पशु सेवा शाखामा प्रमुख राघवेन्द्र मिश्रले बताए ।

शाखा प्रमुख मिश्रका अनुसार थाहा –२ को एकीकृत कृषि सहकारी संस्था लिमिटेडले चार स्थानमा स्थापना गरेको दूध सङ्कलन केन्द्रमा गरी ९७ कृषकले एक लाख १६ हजार ६४२ लिटर दूध बिक्री गरेका थिए ।

त्यसैगरी थाहा–६ बज्रवाराहीकोे पशुपालन कृषक समूहले १०६ कृषकबाट ९५ हजार ९६९ लिटर र निजी क्षेत्रबाट सञ्चालित नन्दीकेश्वर डेरीले १०३ कृषकबाट एक लाख ४६१ लिटर दूध सङ्कलन गरेको उनले जानकारी दिए ।

बेमौसमी तरकारी खेतीका लागि देशमै ख्याति कमाएको थाहा नगरपालिकामा केही वर्षदेखि दूधका लागि व्यावसायिक पशुपालनमा जोड दिन थालिएको छ । दूध उत्पादनमा कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले ३०६ कृषकलाई रु ४ लाख ९५ हजार अनुदानसमेत प्रदान गरेको छ ।

कृषकले बिक्री गरेको दूध परिमाणका आधारमा प्रतिलिटर रु एकदेखि तीन र पैसा २५ सम्म अनुदान उपलब्ध गराएको पशु सेवा शाखाका प्राविधिक रुपेशकुमार मिश्रले बताए । नगरपालिकाले नगरमा सबैभन्दा बढी दूध उत्पादन गर्ने किसानलाई सम्मानसमेत गरेको छ । सम्मानित हुनेमा थाहा–३ का युवराज बर्तौला तथा थाहा–६ का यशोदा अधिकारी र ओमकुमार सुवेदी रहेका छन् ।

त्यस्तै नगरपालिकाले आफ्नो सेवा क्षेत्रबाट सबैभन्दा बढी दूध सङ्कलन गर्ने नन्दीकेश्वर डेरीलाई नगदसहित सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस