८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरगन्ज महानगरपालिकामा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

अ+ अ-

काठमाडौँ । वीरगन्ज महानगरपालिकामा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । कोरोना सङ्क्रमणको दर बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा जारी गरिएपछि महानगरपालिका क्षेत्र भित्र अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लागेको छ । बजार क्षेत्र पूर्ण रूपमा बन्द गरिएको छ ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रवार डाकेको सर्वपक्षीय बैठकले महानगरपालिकाका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेक निषेधाज्ञा लागु गर्ने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए ।

महानगरपालिका भित्र शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, सञ्चार, भन्सार, आइसीपि, ड्राईपोर्ट, बैङ्क, क्वारेनटाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द गरिएको सहायक प्रजिअ बस्नेतले बताए । ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने तथा अत्यावश्यक वस्तु तथा मालसामान ढुवानीका साधन बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमासमेत रोक लगाइएको छ ।

विशेष गरी छिमेकी राष्ट्रबाट लुकीछिपी मानिसहरूको आवागमन गरिरहेका र उक्त अवस्था रोक्न पनि यस्तो निर्णय गरिएको हो । तर अत्यावश्यक अवस्थामा रक्सौल वीरगन्ज सीमा नाकाबाट आउने नेपालीहरूलाई नेपाल सरकारको निर्णय अनुसार स्वास्थ्य र सुरक्षाका मापदण्डहरूको पालना गर्दै होल्डिङ् सेन्टर हुँदै सम्बन्धित स्थानीय तहमा क्वारेनटाइनसम्म पुर्‍याउन भने बाधा नपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस