९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओमानबाट ८३० नेपाली घर फर्किए, सम्पर्कविहीन र अलपत्र पनि सम्पर्कमा

अ+ अ-

काठमाडौं । नेपाली राजदूतावास, ओमानले पाँचौं उडानमार्फत त्यहाँ रहेका १६५ नेपाली (३९ महिला तथा १२६ पुरूष) लाई शुक्रबार नेपाल पठाएको छ । यात्रु तथा चालक दलका सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ रहेको सुनिश्चित गरिएको राजदूतावासले जनाएको छ ।

कोभिड –१९ महामारीपछि हालसम्म पाँच उद्धार उडानमार्फत न्यूनतम हवाई भाडामा नेपाल सरकारले तय गरेको मापदण्डअनुसार ओमानमा रहेका ८३० नेपालीलाई नेपाल फिर्ता गराइसकिएको जनाइएको छ ।

आजको उडानबाट नेपाल जानेमध्ये सम्पर्कविहीन र झापा बाह्रदशी गाउँपालिकाकी नेत्रकुमारी राउतलाई नेपाल फर्काउन दूतावास सफल भएको छ । राउत वैदेशिक रोजगारीका सिलसिलामा घरेलु कामदारका रूपमा केही वर्षअघि ओमान आउनुभएको र विसं २०७० देखि सम्पर्कविहीन रहनुभएको भनी उहाँका छोरा नवराजले जानकारी दिएपछि कूटनीतिक माध्यमबाट सम्पर्कमा ल्याइएको र निजको स्वास्थ्यावस्था नाजुक रहेकाले घरसम्मै लैजाने व्यवस्थाका लागि दूतावासबाट सहजीकरण गरिएको जनाइएको छ ।

साथै मानव तस्करको फन्दामा परी पर्यटक प्रवेशाज्ञामा गैरकानूनी बाटो हुँदै वैदेशिक रोजगारीका लागि ओमानमा आई घरेलु कामदारका रूपमा काम गर्ने क्रममा अलपत्र ताप्लेजुङकी अरुणा मादेन र स्याङ्जाकी गजकुमारी श्रेष्ठलाई समेत कूटनीतिक पहलमा आवश्यक प्रक्रिया पूरा गरी आजकै उद्धार उडानमार्फत नेपाल फर्काईएको मस्कटस्थित नेपाली राजदूतावासले जनाएको छ ।

त्यसैगरी सो उडानमा विभिन्न कम्पनीमा कार्यरत एवम् घरेलु कामदारका रूपमा कार्यरत करीब ६० नेपालीलाई आवश्यक समन्वय तथा पहल गरी घर फिर्ता गर्नसमेत दूतावास सफल भएको बताइएको छ । विमानस्थलमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुलीले सम्पूर्ण नेपालीलाई सफल यात्रा तथा सुखमय जीवनका लागि शुभकामना व्यक्त गरे । यात्रुको यात्रा सहजीकरणका लागि दूतावासका द्वितीय सचिव सोमेश थापा, श्रम सहचारी दिनेश ढकाल, सहचारी अनिल राना, स्थानीय कर्मचारी तथा नेपाली सोसल क्लबका सदस्यलगायत नेपाली राजदूतावास, मस्कट कोभिड-१९ व्यवस्थापन स्वयम्सेवी सदस्यले योगदान गरेका थिए ।

यात्रामा सहभागी सम्पूर्ण नेपालीले दूतावासको सक्रियतामा चार्टर उडानमार्फत सुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त गराएकामा राजदूत तथा दूतावासको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे । उनीहरुलाई सफल घरफिर्ती गराउन, पीडितलाई सम्पर्कमा ल्याउन तथा उद्धारमा प्रत्यक्षअप्रत्यक्ष सहयोग पुर्‍याउने सहयोगी सङ्घसंस्था एवम् व्यक्तिलगायत समस्त नेपाली समुदायप्रति दूतावासले आभार व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस