२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घटाल क्षेत्रको पर्यटन पूर्वाधार निर्माण कार्य सुरु

अ+ अ-

डडेल्धुरा । डडेल्धुराको अमरगढी–३ मा रहेको प्रमुख धार्मिक शक्तिपिठ घटाल थान क्षेत्रको पर्यटन पूर्वाधार निर्माण कार्यको काम सुरु भएको छ। पर्यटन पूर्वाधारका लागि सङ्घीय समपूरक अनुदानबाट १ करोड ४२ लाखको लागतमा घटाल क्षेत्र पर्यटन पूर्वाधारको विकास सुरु भएको हो।

बुढीघटालका नामले पनि प्रसिद्ध ‘घटालथान’ पर्यटकीय दृष्टिकोणले पनि सम्भावना बोकेको क्षेत्र भएकोले प्रचारप्रसार मार्फत पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सो कार्य अघि बढाइएको नगर प्रमुख विश्वेश्वर प्रसाद ओझाले बताए। अमरगढी नगरपालिकाले पर्यटन पूर्वाधार निर्माण कार्यको लागि आलोक कन्ट्रक्सनसँग २ वर्षको सम्झौता गरेको बताए।

घटाल क्षेत्रको पर्यटन पूर्वाधार विकासका लागि यस क्षेत्रमा तलाउ निर्माण गरिने, कम्पाउन्ड वाल निर्माण, बाटो तथा शव दाह गृह बनाउने योजना रहेको नगरपालिकाका इन्जिनियर कविन्द्र भट्टले बताए। उनले यी पूर्वाधार निर्माण पश्चात् यस क्षेत्रको छुट्टै आकर्षण बढ्ने बताए।

घटालको महिमा
देउताको प्रभाव र शक्तिलाई कसैले चुनौती दिए भने मूल धामीले आफूले बालुवा खानुका साथै अरू धामीलाई पनि बालुवा खुवाएर शक्ति देखाउने गर्छन्। स्थानीय बासीहरू धामीले निहुरिएर मुखभरी बालुवा लिएर खाने गरेको विश्वास गर्छन्।

धामीहरूले पहिले पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भन्ने किंवदन्ती रहेको र अहिले पनि धामीले ७/८ मुठी जति बालुवा र पानी घुटुघुटु खाने गरेको स्थानीय रूपमा प्रचलित छ। मुखभरिको बालुवा पानीसँगै घुटुघुटु निल्दा पनि दैवी शक्तिकै कारण कुनै स्वास्थ्य समस्या नदेखिएको धामीहरूले दाबी गर्ने गर्छन्।

आफ्नो मनोकामना पूरा भएकाहरूले यहाँ बोकाको बलि दिन्छन्। किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको बताइन्छ।

पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहेको पाइन्छ। खडेरी परेको वर्ष स्थानीयवासीले पानी देऊ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशिलाको प्वालमा पानी हाल्छन् र वर्षाको कामना गर्छन्।

घटाल देवताको उत्पत्ति कहिले र कुन अवस्थामा भयो भन्ने कुरामा एक मत नभए तापनि महाभारतमा वर्णित भीमपुत्र घटोत्कच, यहाँ जुन देवताको रूपमा पूजित छन्, तिनको स्थान पहिले हालको घटाल भन्ने ठाउँमा थियो भन्ने किंवदन्ती रहेको छ।

घटाल मसानमा बस्ने हुँदा त्यस ठाउँमा सधैँ मुर्दा जलाउने गरेको भनाइ छ। बुढी घटाल नजिक हटगाउँमा धेरै पहिले एउटी वृद्धा ब्राह्मणी बस्दथिन्। उनी सधैँ डोटी खोलामा नुहाई देवताको पूजा पाठ गरी नित्य मध्याह्नमा भोजन गर्ने गर्थिन्।

प्रत्येक दिन त्यस ठाउँमा मुर्दा जलाउने गरेको समयमा पूजा पाठ र भोजन गर्ने कुरामा बाधा पर्न गएको रहेछ। एक दिन तिनले घटाल देवतालाई सराप दिन्छिन् नइ म मर्दो न घटाल सक्दो (डोटेली भाषा) अर्थात् न म मर्छु न घटाल सर्छ।

घटाल देवताले तिनलाई परेको असुविधालाई महसुस गरी त्यहाँबाट सरेर पथ्थरकोट भन्ने स्थानमा पुगेको र फेरी त्यहाँबाट सरेर हाल रहेको ठाउँ एकान्त स्थल हुँदा त्यहीँ बसोबास गरेका जानकार बताउँछन्।

त्यहीँ बगेर आएको घट्टको चक्कामा पूजा गर्ने र बलि दिने प्रचलन आएको छ। घटाल देवताले साक्षात् शक्ति देखाएका थुप्रै उदाहरणहरू छन्। यिनलाई भीमसेन पत्र घटोत्कच तथा कसैले शिवको रूपमा लिन्छन्। जे भए पनि यी मसानबासी ठूला देउता हुन् भन्ने कुरामा यहाँका भक्तजनहरू विश्वस्त छन्।

घटाल बाबालाई अनिकाल, रोगव्याधी र प्राकृतिक प्रकोपबाट जोगाउने देउताका रूपमा पनि लिइन्छ। विगतमा जब जब खडेरी परेर अनिकालको अवस्था आयो, त्यति बेला पानी माग्न खलङ्गासमेत विभिन्न गाउँ बस्तीका किसान यही घटालथानमा भेला हुने गर्थे भन्ने जनविश्वास रहेको छ।

‘घटालका धामी कमाएर पानी माग्ने गरिन्थ्यो, घटाल प्रसन्न भएर पानी दिन्थे अर्थात् खेतीपातीलाई पुग्ने वर्षा हुन्थ्यो। यो चलन अझै पनि कायमै रहेको छ’, घटालका पुजारी दुर्गादत्त भट्टले भने ।

धार्मिक ग्रन्थमा घटाल
द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव र पाण्डवबिचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेका थिए। उनले कौरव सेनामाथि धावा बोलेर ठूलो क्षति पुर्‍याएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

लडाइँको मैदानमै वीर गति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेका श्रीकृष्णले उनलाई कली युगमा ख्यातिप्राप्त भगवानका रूपमा मान्यता पाउने वरदान दिएको परापूर्वकालदेखिको भनाइ रहेको छ। सदियौँदेखि त्यही मान्यताअनुरूप घटाल बाबालाई यस क्षेत्रका बासिन्दाले ठूलो धार्मिक आस्था र सम्मानका साथ पुज्ने गरेका घटालका पुजारी भट्टले जानकारी दिए।

घटाल बाबाको स्नान परशुराम धाममा
सूर्य ग्रहणका दिन उपयुक्त तिथि र अनुकूल समय मिलाएर घटाल बाबाको स्नान गर्ने समारोह आयोजना हुने गरेको छ । स्नान कार्यक्रम डडेल्धुराको भित्री मधेस क्षेत्रमा पर्ने महाकाली किनारको परशुराम धाममा हुने गरेको हो । स्नान गर्न जाँदा घटाल बाबाले भित्री मधेसमा सात सुप्पा बालुङ्गो खाएकाले हाल त्यस ठाउँको नाम नै सात सुप्पे राखिएको छ।

‘घटालका सम्पूर्ण सुनचाँदीबाट बनाइएका विभिन्न वस्तु र गहना तथा भक्तजनले चढाएका बहुमूल्य वस्तुहरू घटालथान नजिकै चम्सालमा रहेको देवघरमा राखिएको छ’, पुजारी भट्टले भने, ‘स्नानका बेला ती सबै बस्तुसहित स्थानीयवासी, धामीहरूको लर्कोसहित पैदलै चुरे पहाड पार गरी परशुराम धाम पुगेर स्नानपछि फर्किने गरिन्छ।

यो स्नान यात्रा करिब एक साताको हुन्छ।’ हाल पनि घटाल बाबाले वैशाख २ गते विसु मेला (जाँत)का दिन र स्नान गर्न जाँदा बालुङ्गो खाने गर्दछन्। घटाल बाबालाई बलि दिनका लागि यहाँ भारतदेखि पूर्व मेची अनि पश्चिम महाकालीसम्मका मानिस पूजाआजा गर्न आउँछन्।

घटालमा मेला
हरेक वर्ष वैशाख २ गते, वडा दसैँ र कार्तिक शुक्ल चतुर्दशीमा मेला लाग्ने गर्छ। यी मेलाहरू वैशाख, असोज र कार्तिक महिनामा लाग्छन्।