१२ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ उपत्यकामा आज खण्डित वर्षाको सम्भावना, मनसुन भने जारी रहने

अ अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकामा सोमबार बिहानैदेखि हुस्सु लाग्नुका साथै मौसम आंशिकदेखि साधारणतया बदली हुने सम्भावना रहेको छ। दिउँसो र साँझको समयमा भने हल्कादेखि मध्यम वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पूर्वानुमान महाशाखा अनुसार आज उपत्यकामा खण्डित (एकै स्थानमा फरक-फरक प्रकृतिको) वर्षा हुने सम्भावना छ। यसको अर्थ उपत्यकाका सबै स्थानमा एकनासको पानी पर्ने छैन। कुनै ठाउँमा बढी पानी पर्न सक्छ भने कतिपय स्थानमा हल्का वर्षा हुने वा पानी नै नपर्ने अवस्था पनि रहन सक्छ।

दिउँसो र साँझ वर्षाको सम्भावना भए पनि त्यसअघि उपत्यकाको मौसम घाम र बादलको मिश्रित अवस्थामा रहनेछ।

भारतमा विकसित भएको मौसम प्रणाली कमजोर भएसँगै नेपालमा केही दिनदेखि भइरहेको लगातारको वर्षा भने रोकिएको छ। आइतबार साँझदेखि नै वर्षाको क्रम निकै घटेको छ। यद्यपि, नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिन बाँकी नै रहेकाले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुने क्रम भने जारी रहने महाशाखाले जनाएको छ।

0 Comments